ताजा समाचार

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने

पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने
Global IME Bank

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनमा डिजिटल प्रविधिको उपयोग गर्नुपर्ने बताएका छन्।

सुपा देउराली मन्दिर संरक्षण समितिको १३औँ साधारणसभाको आज उद्घाटन गर्दै उनले अर्घाखाँची जिल्लामा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको बताए।

“डिजिटल प्रविधिको उपयोग गरी प्रचारप्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ”, मुख्यमन्त्री आचार्यले भने, “धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौँ । थप व्यवस्थित गरेर अघि बढ्न जरुरी छ ।”

उनले धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गरे।

“हामीले सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा सार्वजनिक गर्नुपर्छ । एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ”, उनले भने, “देश/विदेशमा अर्घाखाँचीलाई चिनाउन र पर्यटक भित्र्याउन मद्दत पुग्छ।”

सो कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, शितगङ्गा नगरपालिकाका प्रमुख छविलाल पौडेललगायतले धारणा राखेका थिए। रासस

Sajilo Visa
easy care