Technology Khabar १८ फाल्गुन २०८१, आईतवार
काठमाडौं ।
हालै अनावरण गरिएको आईफोन १६ई मा म्यागसेफ छैन। एप्पलले यस अघि नै आफ्नो पहिलो इन–हाउस विकसित मोडेमको प्रयोगसँग यसको कुनै सरोकार नभएको वर्णन गरिसकेको छ।
त्यसोभए यसको कारण के हो?
“१६ई का लक्षित ग्राहकहरूमा धेरैजसो व्यक्तिहरूले विशेष रूपमा चार्जिङ केबलमा प्लग गरेर आफ्नो फोन चार्ज गर्ने भएकाले” एप्पलले आईफोन १६ई लाई म्यागसेफ सँग सुसज्जित नगर्ने निर्णय गरेको बताएको छ। डेरिंङ्ग फायरबलका जोन ग्रुबरसँग बोल्दै अज्ञात “एप्पल प्रतिनिधिहरू” ले यसो भनेका हुन्।
आईफोन १६ई किन्न गाइरहेका यी व्यक्तिहरूले, “इनडक्टिभ चार्जिङको प्रयोग गर्नेछैनन्” भनी ती प्रतिनिधिहरूले दावी गर्न जारी राखेको उल्लेख छ। एप्पल यो निष्कर्षमा कसरी आइपुग्यो भन्ने बारेमा स्पष्ट छैन। त्यसैगरी एप्पलले भनेका यी व्यक्तिहरू को हुन् भन्ने बारेमा पनि स्पष्टता नभएको उल्लेख छ।
यो स्पष्ट रूपमा एउटा खर्च कटौतीको उपाय भएको बताइएको छ। एप्पलले “चिन्ता नगर्नुहोस्, तपाईलाई जे भए पनि यसको आवश्यक पर्दैन, किनकि तपाईले यसलाई प्रयोग गर्नुहुने छैन” भनि यसलाई मिलाउने प्रयास गरिरहेको उल्लेख छ। “एप्पललाई तपाईँका लागि के राम्रो हुन्छ भन्ने बारेमा थाहा भएको” भन्ने तरिकामा एप्पलले आफ्नो प्रभुत्व कायम गर्न खोजेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १८ फाल्गुन २०८१, आईतवार