विज्ञान संकायबाट स्नातक वा स्नातकोत्तर गर्नुभएको छ? नास्टले दिँदैछ ३ महिने इन्टर्नशिपको अवसर

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले विज्ञान तर्फका विभिन्न विधामा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई इन्टर्नशिपको मौका दिने भएको छ।

‘युवा वैज्ञानिकहरूको सिर्जनशील समय सदुपयोग भई नवप्रवर्द्धनात्मक कार्यमा लाग्न उत्प्रेरित होस् भन्ने उद्देश्य लिई विश्वविद्यालयबाट विज्ञान तर्फका विभिन्न विधा (बायोटेक्नोलोजी,बोटनी, केमिस्ट्री, इन्भाइरोन्मेन्टल साइन्स, फूड टेक्नोलोजी, माइक्रोबायोलोजी, फार्मेसी, फिजिक्स/जूलोजी) मा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूसँग प्रना प्रतिष्ठानको प्रयोगशालामा अधिकतम तीन महिनाका लागि इन्टर्नसिप गर्ने अवसरका लागि आवेदन आह्वान गरिएको छ’, सूचनामा उल्लेख छ।

संस्थाका अनुसार इन्टर्नसिपको छनोट र सुविधा प्रज्ञा प्रतिष्ठान इन्टर्नसिप कार्यक्रम कार्यविधि, २०७८ बमोजिम हुनेछ। इन्टर्नसिप गर्न चाहने विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यताको प्रतिलिपि संलग्न गरी मिति आगामी चैत १५ गतेभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

आवेदन फाराम प्रज्ञा प्रतिष्ठानको होमपेज (https://nast.gov. mp) बाट डाउनलोड गर्न सकिनेछ। पहिलो आवेदन दिनेलाई पहिलो प्राथमिकतामा राखी प्रतिष्ठानको प्रयोगशालामा उपलब्ध सिट क्षमताका आधारमा क्रमश अवसर प्रदान गरिने बताइएको छ।

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया