
काठमाडौं ।
एक दशक भित्र रोबोटिक घरेलु कामदार वास्तविकता बन्न सक्ने विशेषज्ञहरुले बताएका छन्।
मानिसजस्तै मेसिनहरूले आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) को प्रयोग गर्दै कसरी सफा गर्ने, चीजहरू मिलाउने र खाना तयार पार्ने भनेर पनि सिक्ने विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
पहिलो मोडेलको लागत पारिवारिक कारको जस्तै लगभग २०,००० देखि ५०,००० यूरो सम्म हुने अपेक्षा गरिएको छ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका इन्जिनियरहरू “मानव शरीरको वरिपरि घरहरू बनाइएका र व्यवस्थित गरिएका हुनाले” ह्युमनोइड मेशिनहरू अर्थपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
“ढोकाको ताल्चा जाँच गर्न, पत्रिका उठाउने, वासिङ (लुगा धुने) मेसिनबाट लुगा बाहिर झिक्न र मेसिन भित्र राख्ने जस्ता काम गर्नको लाग उपयुक्त हुन सक्ने” कम्प्युटर वैज्ञानिक प्रोफेसर पुलकित अग्रवालले उल्लेख गरेका छन्।
“यसले भान्साकोठा र शयनकक्षमा चीजहरू मिलाउन सक्छ, भाँडाहरू डिशवाशरमा राख्न सक्छ र सायद तरकारीहरू काट्ने पनि हुन सक्छ” उनले उल्लेख गरे। “मलाई लाग्छ यो अर्को पाँच देखि दस वर्षमा उपलब्ध हुन सक्छ,” उनले बताए।
रोबोटहरूले उनीहरूले लागू गरेको बललाई “महसुस” गर्न सकुन् र उनीहरूले समात्ने सबै कुरालाई कुचल्न नपरोस् भनेर अमेरिकी संस्थानका टोलीहरूले प्रेसर–सेनसेटिभ फिङ्गर्स (दबाब–संवेदनशील औंलाहरू) मा पहिले नै काम गरिरहेको बताइएको छ।
त्यसैगरी तिनीहरूले विभिन्न परिस्थितिहरूमा काम गर्ने विभिन्न तरिकाहरूमा अनुकूलन गर्नको लागि “आर्टिफिशियल इन्टेलिजेन्स ब्रेन” (कृत्रिम बुद्धिमता मस्तिष्क) पनि विकास गरररहेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार