सूचना प्रविधिलाई अबलम्बन गर्दै इन्टरनेटलाई सुरक्षित बनाईनुपर्नेमा सरोकारबालाहरुको जोड

  • Technology Khabar | १६ कार्तिक २०७५, शुक्रबार
सूचना प्रविधिलाई अबलम्बन गर्दै इन्टरनेटलाई सुरक्षित बनाईनुपर्नेमा सरोकारबालाहरुको जोड

काठमाडौं ।

काठमाडौं । इन्टरनेट प्रविधि सम्बन्धित बहुपक्षिय सरोकारवालाहरूको दुई दिने राष्ट्रिय फोरम ‘नेपाल आइजिएफ २०१८’ काठमाडौंमा शुरु भएकोछ ।

शुक्रबारदेखि शुरु भएको सो फोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणी पोखरेलले प्रविधि उत्पादनशक्तिको रुपमा परिवर्तन भएको भन्दै यसबाट फाईदा लिनुपर्ने बताए ।

‘अब टेक्नोलोजी फ्रेण्डली हुनुपर्दछ, प्रविधि उत्पादनशक्तिमा बदलियो, यो बिना विकास गर्न नसकिने हुँदा प्रविधिलाई अबलम्बन गर्नुपर्दछ,’ मन्त्रि पोखरेलले भने ।

कार्यक्रममा बोल्दै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपालभर नै इन्टरनेटको विकास गर्न प्राधिकरण लागेको जानकारी दिए । उनले हरेक स्थानिय तहमा अप्टिकल फाइबर पुर्याउने महत्वाकांक्षी योजना रहेको भन्दै इन्टरनेटलाई दिगो र सुरक्षित बनाउन आगामी दिनमा आफ्नै स्याटेलाइट हुनुपर्नेमा जोड दिए ।

‘अब आफ्नै स्याटेलाइट हुनुपर्दछ, इन्टरनेटलाई पुरै डार्कबाट बचाउन पनि स्याटेलाइट आवश्यक पर्नेछ,’ उनले दाबी गरे ।

उनले जिल्ला जिल्लामा सिटिईभीटीसँग मिलेर प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले इन्टरनेटमा पहुँच पुर्याउन विद्यालयतहबाट नै कम्प्यूटर शिक्षा दिईनुपर्नेमा जोड दिए ।

सरकार, नीजि क्षेत्र, नागरिक समाज र आम इन्टरनेट प्रयोगकर्ता सहभागी हुने फोरमका लागि यो वर्ष ‘सहज पहुँच, सुलभ र सुरक्षित इन्टरनेट’ नारा तय गरिएको छ । फोरममा १८ वटा विधागत प्रस्तुति र छलफल तय भएको आयोजकले जानकारी दिएको छ ।

विद्युतिय अर्थतन्त्र, साइबर सेक्युरिटी, पुर्बाधार विकास, फेक न्युज र सामाजिक सञ्जाल जस्ता विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल हुने छ । इन्टरनेट सेवाको गुणस्तर विस्तार, इन्टरनेटमा सूचना अभिव्यक्ति स्वतन्त्रता, समावेशीकरणका साथै नेपालमा स्मार्ट सिटीको प्रवर्धन र सम्भावनाका विषयमा समूहगत छलफल हुने र आउने निचोड सम्बन्धित निकायहरुलाई बुझाईने इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष सन्तोस बाबु सिग्देलले बताए ।

फेसबुक, अन्तराष्ट्रिय इन्टरनेट गभरनेन्स् फोरम, आइक्यान, एपिनिक जस्ता अन्तराष्ट्रिय प्रविधि संस्थाहरूको समेत सहभागिता रहने मुख्य आयोजक इन्टरनेट सोसाइटी नेपालले जानकारी दिएको छ ।

प्रकाशित: १६ कार्तिक २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार