क्याफे कफी डेको तेस्रो आउटलेट दरबारमार्गमा संचालन

Technology Khabar १५ कार्तिक २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । भारतीय बहुराष्ट्रिय कफी ब्रान्ड क्याफे कफी डेले आफ्नो तेस्रो आउटलेट दरबारमार्गमा खोलेको छ । यो तेस्रो आउटलेटका साथ, नेपालका युवावर्गका उपभोक्ताहरूसंग क्याफे कफी डे को समापन गर्ने लक्ष्य राखेको छ ।

क्याफेले आफ्नो सम्पूर्ण मेनुलाई पनि परिमार्जन गरेको छ र यसलाई तातो र आरामदायी वातावरण दिने उद्घोष गरेको छ । यो नयाँ मेनु अन्य आउटलेटहरूमा पनि उपलब्ध गराउने जनाएको छ । जसमा खानाको परिकारका साथै पेय पदार्थहरुमा पनि विकल्पहरू देख्न सकिने जनाएको छ ।

नेपालमा ब्रान्ड क्याफे कफी डेका मास्टर फ्रेन्चाइजी र स्तव्य हस्पिटालिटीका निर्देशक रवि तिब्बरालाले भने, “हामीले दरवारमार्गमा नयाँ आउटलेट लन्च गरेकोमा एकदमै खुसी छौं । सीसीडीले पहिले देखिनै कयौं अन्तर्रा्ष्ट्रिय बजारमा आफ्नो बलियो पकड़ बनाइसकेको छ ।

जावलाखेल र बसन्तपुरमा हाम्रो आउटलेट लन्च गरेदेखि सीसीडीले पनि नेपाली बाजारमा एउटा सनसनी पैदा गरेको छ र यसैकारण हामी दरबारमार्गमा हाम्रो तेश्रो आउटलेट लन्च गर्न प्रेरित भएका हौँ ।”

क्याफे कफी डेले नेपालका अन्य स्थानहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित: १५ कार्तिक २०७५, बिहीबार

तपाइको प्रतिक्रिया