मुगु जिल्लाको सोरू गाउँपालिका स्थित नाथर्पुमा फोरजी र टूजी सेवा सञ्चालन

  • Technology Khabar | १० फाल्गुन २०८१, शनिबार
मुगु जिल्लाको सोरू गाउँपालिका स्थित नाथर्पुमा फोरजी र टूजी सेवा सञ्चालन

काठमाडौं ।

कर्णाली प्रदेशको मुगु जिल्लाको सोरू गाउँपालिका-१, नाथर्पुमा नेपाल टेलिकमले फोरजी तथा टूजी सेवा फागुन ९ गतेबाट सञ्चालनमा ल्याएको छ।

फोरजी सेवा सञ्चालनमा आए पश्चात् सोरू गाउँपालिका अन्तर्गतका वडा नं १, २, ३ र ६ का भिई, नाथर्पु, सोरुकोट, गुल्मा लगायतका अधिकांश भूभागहरूमा रहेका स्थानीयहरुलाई सहज हुनेछ।

यसका साथै हुम्ला जिल्लाको अदानचुली गाउँपालिका अन्तर्गतका वडा नं २, ३ र ४ मा पर्ने गाउँपालिका कार्यालय क्षेत्र, श्रीनगर, बारीगाउँ, लगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक ४जी सेवाबाट लाभान्वित भएका छन्।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउन उच्च प्राथमिकताका साथ सेवा बिस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • १० फाल्गुन २०८१, शनिबार