Technology Khabar १२ फाल्गुन २०८१, सोमबार
काठमाडौं ।
साइबर हमलाको जोखिम पाँच वर्षभन्दा कम अवधिमा दोब्बरभन्दा बढी भएको छ। साथै ग्लोबल साइबरसेक्युरिटी (विश्वव्यापी साइबर सुरक्षा) बढ्दो खतरामा छ।
आईबीएमको एक्स–फोर्स अनुसन्धान अनुसार विश्वव्यापी क्लाउड जोखिमहरूको संख्या मात्र चार वर्षमा दोब्बर भएर १,७०० बाट ३,९०० मा बढेको छ।
विश्वभरका विभिन्न क्लाउड प्लेटफर्म र सेवाहरू ट्र्याक गर्दै सन् २०१९ र सन् २०२३ को बीचमा यो विश्लेषण गरिएको बताइएको छ।
बोस्निया, सर्बिया र अल्बानिया युरोपमा सबैभन्दा बढी जोखिममा छन्
नयाँ अनुसन्धानका अनुसार साइबर आक्रमणको सबैभन्दा जोखिममा रहेको क्षेत्र बाल्कन भएको उल्लेख गरिएको छ।
क्लाउडले नामक कम्पनीले भर्खरको रैंकिंगमा बोस्निया र हर्जेगोभिना, सर्बिया र अल्बानियालाई क्लाउड सुरक्षा उल्लङ्घनका लागि महाद्वीपमा सबैभन्दा कमजोर देशहरूको रूपमा नामकरण गरेको छ।
७१ प्रतिशतको जोखिम स्कोरको साथ बोस्निया र हर्जेगोभिना सबै भन्दा कमजोर भएको भन्दै यूरोन्यूजले उल्लेख गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।
त्यसैगरी बोस्निया र हर्जगोभिनाको सबैभन्दा कम साइबर सुरक्षा तयारी स्कोर रहेको बताइएको छ। त्यसैगरी बोस्नियापछि सर्बियाको ६९ प्रतिशत र अल्बानियाको ६७ प्रतिशतको समग्र जोखिम स्कोर रहेको रिपोर्ट गरिएको छ। यद्यपि, सर्बिया र अल्बानियाको तत्परता भने धेरै उच्च भएको उल्लेख गरिएको छ।
ग्रेट ब्रिटेन र इटाली आक्रमणमा
पछिल्लो दुई दशकमा उच्च संख्यामा भएका आक्रमणको कारण समग्र जोखिमका हिसाबले युनाइटेड किंगडम चौथो स्थानमा रहेको बताइएको छ।
त्यसैगरी इटाली जोखिममा रहेको अर्को प्रमुख युरोपेली अर्थतन्त्र हो।
“बोस्निया र हर्जेगोभिना र सर्बिया जस्ता देशहरूमा पर्दाफास गरिएका कमजोरीहरूले साइबर सुरक्षा पूर्वाधारमा तत्काल ध्यान दिनु पर्ने महत्वपूर्ण खाडलहरू हाइलाइट गर्दछ” क्लाउडलका सीईओ र संस्थापक आकाश महाजनले भने।
“हामीले साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिनुपर्छ र बलियो डाटा सुरक्षा उपायहरू लागू गर्नुपर्दछ किनभने हामी क्लाउड प्रविधिहरूमा धेरै निर्भर रहन्छौं। यसमा नियमित सुरक्षा अडिटहरू, कर्मचारी प्रशिक्षण कार्यक्रमहरू र उन्नत इन्क्रिप्सन प्रविधिहरू अपनाउने समावेश छन्” भनि उनले बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार