प्रविधि क्षेत्रको विकासमा ईयूको महत्त्वपूर्ण सहायता, सेमिकण्डक्टर उत्पादनका लागि आर्थिक सहयोग अनुमोदन

  • Technology Khabar | १० फाल्गुन २०८१, शनिबार
प्रविधि क्षेत्रको विकासमा ईयूको महत्त्वपूर्ण सहायता, सेमिकण्डक्टर उत्पादनका लागि आर्थिक सहयोग अनुमोदन
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

युरोपेली आयोगले बिहीबार ड्रेसडेनमा नयाँ इन्फिनोन सेमीकन्डक्टर (अर्धचालक) उत्पादन कारखाना निर्माण गर्न ९२ लाख यूरो रकम जर्मन राज्य सहायतालाई अनुमोदन गरेको छ।

“यो नयाँ निर्माण प्लान्टले युरोपेली सङ्घ (ईयू) को उत्पादन क्षमतामा वृद्धि ल्याउनेछ। यसले सेमीकन्डक्टर टेक्नोलोजीहरूमा आपूर्ति र प्राविधिक स्वायत्तताको युरोपको सुरक्षालाई सुदृढ पार्नेछ,” आयोगले एक विज्ञप्तिमार्फत उल्लेख गरिएको छ। नयाँ प्लान्टको कुल लगानी ३.५ अर्ब यूरो लाग्नेछ।

प्लान्टले इलेक्ट्रोनिक प्रणालीको नियन्त्रणका लागि एनालग र डिजिटल बीचको खाडललाई पूरा गर्न आवश्यक एनालग-मिश्रित–सिग्नल एकीकृत सर्किटहरू उत्पादन गर्नेछ। सेमिकण्डक्टर औद्योगिक, मोटर वाहन र उपभोक्ता अनुप्रयोगहरूमा प्रयोग गरिनेछ।

भर्खरैका अध्ययनहरूले युरोप अर्धचालक सहित लगभग सबै महत्वपूर्ण प्रविधिहरूमा चीन र संयुक्त राज्य अमेरिका भन्दा पछाडि रहेको देखाएको छ। आगामी वर्षहरूमा यो खाडल बन्द हुने आशा ईयूले गरेको छ।-रासस/सिन्ह्वा

प्रकाशित: १० फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १० फाल्गुन २०८१, शनिबार