ताजा समाचार

मोबाइल वालेट कम्पनी आइएमई पे र खल्ती बीच मर्जर गर्न प्रारम्भिक सहमति

मोबाइल वालेट कम्पनी आइएमई पे र खल्ती बीच मर्जर गर्न प्रारम्भिक सहमति
Global IME Bank

भुक्तानी सेवा प्रदायक कम्पनीहरु आइएमई पे र खल्ती बीच मर्जर प्रक्रिया अगाडि बढेको छ। दुई कम्पनीबीच मर्जरको लागि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको हो।

तर उक्त विषयमा कम्पनीका बोर्डबाट निर्णय हुन बाँकी रहेको खल्ती स्रोतले जानकारी दिएको छ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहने हल्ला चलेपनि हाल कुनै विषयमा सहमति नभएको जानकारी दिएको छ। “अहिले प्रारम्भिक सहमति मात्र भएको हो। यस बारेमा बोर्डमा वा अन्य थप कुनै जानकारी वा सम्झौता भएको छैन्।” स्रोतले टेक्नोलोजीखबरलाई भन्यो।

आईएमई पेमा आइएमई ग्रुपको शतप्रतिशत लगानी रहेको छ। खल्तिमा इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, संस्थापक अमित अग्रवाल सहित अन्य ३ जनाको लगानी छ। वर्ल्डलिंक एक्लैको खल्तिमा करिब ४० प्रतिशत शेयर छ।

मर्जरको लागि प्रारम्भिक सहमति भएपनि त्यसपछिका कार्यहरुको बारेमा कुनै सहमति वा सम्झौता नभएको स्रोतले जानकारी दिएको छ।

यसैबीच मर्जरपछि बन्ने उक्त कम्पनीको नाम र शेयर हिस्सा बारेमा समेत कुनै सम्झौता नभएको बताईएको छ।

Sajilo Visa
easy care