Technology Khabar ३ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
आफ्नो नाजुक अन्तरिम सरकारले अमेरिकी कूटनीतिक समर्थन खोजिरहेको बेला बङ्गलादेशले शुक्रबार टेक अर्बपति एलन मस्कलाई स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क दक्षिण एशियाली देशमा ल्याउन अनुरोध गरेको बताएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दाहिने हातका रूपमा मस्कको ह्वाइट हाउसमा उच्च भूमिका छ। जहाँ विदेशी नेताहरूसँगको उहाँको बैठकले उनको आधिकारिक भूमिका र व्यावसायिक हितका बीचको सीमा अस्पष्ट भएको बारे प्रश्नहरू खडा गरेको छ।
विश्वको सबैभन्दा धनी व्यक्ति मस्कले बिहीबार गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिपछि बङ्गलादेशमा कार्यवाहक प्रशासनको नेतृत्व गरिरहनुभएका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुससँग कुराकानी गरेका छन्।
उनीहरूले लामो भिडियो कलमा पृथ्वीको तल्लो कक्षीय स्याटेलाइटहरू मार्फत दूर दराजका स्थानहरूमा इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिङ्क बङ्गलादेशमा ल्याउने बारे छलफल गरे।
दुवैले यो सेवाले ‘बङ्गलादेशका उद्यमी युवा, ग्रामीण र कमजोर महिला र दूर दराजका समुदायहरू’ का लागि नयाँ अवसरहरू सिर्जना गर्ने कुरामा जोड दिएको युनुसको मिडिया कार्यालयको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा युनुसले निमन्त्रणा दिएपछि मस्कले बङ्गलादेश भ्रमण गर्न ‘उत्सुक’ रहेको बताएको उल्लेख छ।
मस्कले अहिलेसम्म यो बैठकबारे– एक्स र अन्य ठाउँमा आफ्ना दैनिक विचारहरू राख्दा सार्वजनिक रूपमा छलफल नगरेको बताउँदै आएङ्का छन्। ट्रम्पको निमन्त्रणामा वासिङ्टनमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मस्कको भेट भएको दिन नै यो कुराकानी भएको थियो।
गत वर्षको विद्रोहले स्वेच्छाचारी पूर्व प्रधानमन्त्री शेख हसिनालाई हटाएपछि युनुस पदमा आएदेखि मोदीको सरकारको बंगलादेशसँगको सम्बन्ध बिग्रिँदै गएको छ।-रासस/एएफपी
प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार