एलईएपी २०२५ रियादमा सुरु, एआईमा १४.९ बिलियन अमेरिकी डलर लगानीको घोषणा

  • Technology Khabar | २९ माघ २०८१, मंगलवार
एलईएपी २०२५ रियादमा सुरु, एआईमा १४.९ बिलियन अमेरिकी डलर लगानीको घोषणा

काठमाडौं ।

विश्वव्यापी टेक्नोलोजी र इनोभेसन लिडर्सहरू लाई एकसाथ ल्याउने एक प्रमुख कार्यक्रम ‘एलईएपी २०२५’ रियादमा आइतबार (फेब्रुअरी ९ तारिख) देखि औपचारिक रूपमा सुरु भएको छ।

सम्मेलनको पहिलो दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा कुल १४.९ बिलियन डलरभन्दा बढीको लगानी र परियोजनाहरूको घोषणा गरिएको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

यी प्रमुख लगानीहरूले डिजिटल भविष्यलाई आकार दिनको लागि प्रमुख विश्वव्यापी खेलाडीको रूपमा साउदी अरेबियाको स्थितिलाई बलियो बनाउने बताइएको छ।

डिजिटल सीपको विकासलाई बढावा दिन, टेक्नोलोजी स्टार्टअपहरूको विकासलाई समर्थन गर्ने र राज्य भित्र नवप्रवर्तनलाई प्रोत्साहित गर्ने लगानीको उद्देश्य भएको उल्लेख गरिएको छ।

त्यसैगरी तिनीहरूले मिडल इस्ट एण्ड नर्थ अफ्रिका (एमईएनए–मध्य पूर्व र उत्तर अफ्रिका) क्षेत्रको सबैभन्दा ठूलो डिजिटल अर्थतन्त्रको रूपमा साउदी अरेबियाको स्थितिलाई अझ बलियो बनाउँछन् जसले विश्वव्यापी प्रविधि कम्पनीहरूको लागि वातावरण सिर्जना गर्नेछन् भनि उल्लेख गरिएको छ।

साउदी अरेबियाका सञ्चार तथा सूचना प्रविधि मन्त्री अब्दुल्लाह अलस्वाहाको मुख्य मन्तव्यमा उक्त घोषणा गरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार