ताजा समाचार

प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख, गरिबलाई पढाउने मुख्य उद्देश्य

प्राविधिक शिक्षालयको अक्षयकोषमा एक करोड ५१ लाख, गरिबलाई पढाउने मुख्य उद्देश्य
माइक्रोसफ्ट कोपाइलट डिजाइनरमार्फत् बनाइएको सांकेतिक तस्बिर।
Global IME Bank

गरिब तथा  जेहेन्दार विद्यार्थीको सहयोगका निम्ति पश्चिम म्याग्दीको बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाख सङ्कलन भएको छ।

विद्यार्थीलाई व्यावसायिक कृषितर्फ उन्मुख गराउन बाली विज्ञान र पशु चिकित्सा (भेटेरिनरी) अध्यापन हुने यो शिक्षालयमा अर्थाभावका कारण अध्ययन गर्न अक्षम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषमा त्यति रकम जम्मा भएको शिक्षालयका प्रधानाध्यापक जङ्गबहादुर गर्बुजाले बताए।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट सम्बन्धन प्राप्त शिक्षालयले २९ महिने कनिष्ठ प्राविधिक सहायक (जेटिए), बाली  र पशुविज्ञानमा तीनवर्षे डिप्लोमा कार्यक्रम सञ्चालन गरेको छ। हाल यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत छन्।-रासस

Sajilo Visa
easy care