राष्ट्रपति ट्रम्पले टुङ्ग्याए २०२१ मा एक्समा ‘प्रतिबन्ध’ लगाइएको मुद्दा

  • Technology Khabar | २८ माघ २०८१, सोमबार
राष्ट्रपति ट्रम्पले टुङ्ग्याए २०२१ मा एक्समा ‘प्रतिबन्ध’ लगाइएको मुद्दा

काठमाडौं ।

डोनाल्ड ट्रम्पको ट्विटर (अहिलेको एक्स) विरुद्धको मुद्दा समाप्त भएको देखिन्छ।

ट्रम्पले जनवरी ६, २०२१ मा उनका समर्थकहरूले अमेरिकी क्यापिटलमा आक्रमण गरेपछि आफूलाई प्रतिबन्ध लगाएको भन्दै सामाजिक सञ्जाल कम्पनीविरुद्ध मुद्दा दायर गरेका थिए।

यो मुद्दा सन् २०२२ मा संघीय न्यायाधीशले खारेज गरेका थिए, तर ट्रम्पका वकिलहरूले पुनरावेदन जारी राखेका थिए।

त्यसपछि इलन मस्क (जो अहिले ट्रम्पका महत्वपूर्ण सहयोगी बनेका छन्) ले ट्विटरलाई अधिग्रहण गरे र ट्रम्पको खाता पुनःस्थापित गरे। फेसबुक र अन्य प्लेटफर्महरूले पनि ट्रम्पको खाता पुनःस्थापित गरे, यद्यपि ट्रम्पले अझै पनि आफ्नो अधिकांश सामाजिक सञ्जाल पोस्टिङ ट्रुथ सोसलमार्फत गरिरहेका छन्। यो प्लेटफर्म ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको स्वामित्वमा रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।

एउटा अदालत फाइलिङमा सबै पक्षहरूले मुद्दा खारेज गर्न आग्रह गरेको उल्लेख गरिएको छ। फाइलिङमा ट्रम्प र एक्सबीचको सहमति बारे कुनै विवरण दिइएको छैन, तर दुवै पक्षले आफ्ना आफ्ना खर्चहरू आफैंले व्यहोर्ने उल्लेख गरिएको छ।

यसअघि, जनवरीमा, मेटाले ट्रम्पलाई इन्स्टाग्राम र फेसबुकबाट प्रतिबन्ध लगाएको विषयमा गरिएको मिल्दोजुल्दो मुद्दा समाधान गर्न २५ मिलियन डलर तिर्न सहमति जनाएको थियो।

प्रकाशित: २८ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...