ताजा समाचार

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ

जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।
Global IME Bank

नेपाल विद्युत् प्राधिकरण सिरहा शाखामा कार्यरत एक जना कर्मचारीलाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा सिरहा प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्नेमा उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का ३१ वर्षीय विश्वराज राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

राईलाई सिरहा नगरपालिका–७ हेमनारायण चौकबाट पक्राउ गरिएको हो । सूचना अधिकारी पासवानका अनुसार ती कर्मचारीको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा राईलाई पक्राउ गरिएको हो।

काठमाडौँ जिल्ला अदालतको अनुमतिबमोजिम आरोपी राईलाई पक्राउ गरी बिहीबार काठमाडौँ साइबर ब्युरो शाखा पठाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताए। रासस

Sajilo Visa
easy care