माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने

Technology Khabar २७ माघ २०८१, आईतवार

काठमाडौं ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले बिहीबार ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन। फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ।

फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो। यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ।

“सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।”

सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र १०० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत ग्रिडमा थप्ने लक्ष्य लिएको बताए।

मुइज्जुले सन् २०२४ मा १५ मेगावाट नवीकरणीय ऊर्जा ग्रिडमा एकीकृत भएको र देशको ३३ प्रतिशत ऊर्जा आवश्यकता नवीकरणीय स्रोतबाट पूरा गर्ने योजना रहेको बताए। सरकारले नवीकरणीय ऊर्जा क्षेत्रमा नागरिकको सहभागिता अभिवृद्धि गर्न सरकारले ‘म्यागी सोलार’ पहल सुरु गरेको उनले बताए।

म्यागी सोलार एक सौर्य ऊर्जा कम्पनी हो,जसले दिगो र स्वच्छ उर्जा समाधानहरू प्रदान गर्नमा केन्द्रित छ। म्यागी सोलारको मुख्य उद्देश्य स्वच्छ नवीकरणीय उर्जाको स्रोत प्रदान गर्नु हो। रासस/सिन्ह्वा

प्रकाशित: २७ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया