‘विभिन्न डिजिटल वालेटहरुको आधिकारिक कर्मचारी हुँ’ भन्दै ठगी गर्ने व्यक्ति पक्राऊ

Technology Khabar २३ माघ २०८१, बुधबार

‘विभिन्न डिजिटल वालेटहरुको आधिकारिक कर्मचारी हुँ’ भन्दै ठगी गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

विभिन्न डिजिटल वालेटको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी मुद्दामा फरार रहेको एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा रौतहट जिल्लाको माधवनारायण गाउँपालिका घर भई हाल सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने २१ वर्षीय सुभम साह रहेका छन्।

विशेष सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले पक्राऊ गरेको शाह गत २०८० को मंसिरमा अन्लाइन ठगी कसुरमा १० महिना कैद भुक्तान गरी छुटेको देखिएको साथै अन्य ४ वटा अनलाइन ठगी मुद्दामा फरार रहेको देखिएको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी सुधिर राज शाहीले जानकारी दिएका छन्।

उनको साथबाट विभिन्न ब्राण्डको मोबाइल २ थान, सिमकार्ड १६ थान तथा सवारी धनी पुर्जा थान १ पनि बरामद गरिएको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया