झापा घट्नालाई ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने युट्युब च्यानलहरु प्रेस काउन्सिलको कारबाहीमा

Technology Khabar २३ माघ २०८१, बुधबार

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई अतिरञ्जित तरिकाले सामग्री प्रेषण गर्ने ३८ ओटा युट्युब च्यानलविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

काउन्सिलले फेसबुक पेज तथा युट्युब च्यानलहरुबाट पछिल्लो समय सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ।

‘अमला काण्ड’ नाम दिई प्रशारित सामग्रीहरुले पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको, संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने गरी सम्प्रेषण गरिएको स्वअनुगमनबाट देखिएको काउन्सिलले उल्लेख गरेको छ।

पत्रकार आचारसंहिता, महिला उत्तरदायी सञ्चार निर्देशिका, जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ।

यसका साथै, काउन्सिलले प्रचलित नियम कानून मिचेका आचारसंहित उलंघन गरेका तथा बिबरणहरु नराख्ने, मिडियाअन्तरगत आबद्ध नभएका युट्युब च्यानललाई साइबर ब्युरोमार्फत कारबाहिका लागि प्रक्रिया अघि बढाइएको छ।

काउन्सिलले पत्रकारिताका मूल्य मान्यता विपरीत गलत, समाजमा घृणा, द्वेष, उत्तेजना र अफवाह फैलाउने सामाजीक सदभाव बिगार्ने दोषी करार गर्ने जस्ता सामग्रीहरु क्षमायाचनासहित हटाउन आग्रह गरेको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया