नेपाल टेलिकमद्वारा कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
नेपाल टेलिकमद्वारा कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा

काठमाडौं ।

नेपाल टेलिकमले कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा गरेको छ।कम्पनीले आफ्नो एक्काइसौँ वार्षिकोत्सवको अवसरमा सो प्रदेशमा रहेका सबै सेवाहरु फाइबर प्रविधिमा रुपान्तरण गरेको जानकारी दिएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले कर्णाली प्रदेश अन्तर्गत सञ्चालनमा रहेको सम्पूर्ण कपर प्रविधिमा आधारित उपकरणलाई फाइबर प्रविधिमा रुपान्तरण गर्दै आजकै मितिदेखि कर्णाली प्रदेशलाई कपर प्रविधि मुक्त घोषणा गरे।

यसै अवसरमा कम्पनीले कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिकाको खालीखर्क तथा डोल्पा जिल्लाको ठूली भेरी नगरपालिकामा फोरजी सेवाका बीटीएस स्थापना गरी सेवा सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार