
काठमाडौं ।
काठमाडौँ । फेसबुक प्रयोगकर्ताहरुले सर्तक हुनुपर्ने बेला भएको छ । फेसबुकले करिब ३ करोड प्रयोगकर्ताहरुको डाटा चोरी भएको स्विकार गरेको छ ।
ह्याकरहरुले सोशल नेटवर्किंग साइट फेसबुकबाट तीन करोड यूजर्सका व्यक्तिगत डाटा चोरी गरेका हुन् । ह्याकरले तीन करोड यूजर्सको एकाउन्टको एक्सेस टोकन चोरेका थिए ।
यो ह्याकका कारण फेसबुकमा मानिसहरुको एकाउन्ट स्वतरुपमा लग आउट हुन लागेको थियो । फेसबुककाअनुसार साइबर आक्रमणको जाँच भईरहेको छ भने कस्तो किसिमको जानकारीहरु चोरी भएको छ भन्ने थाहा पाउन सकियोस् ।
यसअघि कम्पनीले ५ करोड एकाउन्टहरु प्रभावित भएको जानकारी दिएको थियो । कम्पनीले प्रभावित यूजर्सलाई मेसेज पठाएर जानकारी दिईरहेको बताएको छ ।
प्रभावित फेसबुक एकाउन्टहरुमध्ये ह्याकरहरुले बर्थडेट, रोजगार कम्पनी, शैक्षिक स्तर, धार्मिक आस्था, प्रयोग गर्ने डिभाइसको प्रकार,फलो गर्ने पेज, लोकेसनलगायतका जानकारीहरु भएको प्रोफाइल डिटेल चोरी गरेका छन् । यस्तो चोरीबाट प्रभावितहरु १ करोड ४० लाख प्रयोगकर्ताहरु छन् ।
त्यस्तै अन्य १ करोड ५० लाख यूजर्सहरुमध्ये जसको नाम र सम्पर्क डिटेलहरु चोरी गरिएको छ । अन्य बाँकी ४ लाख यूजर्सको पोष्टहरु र फ्रेड लिस्टहरुसम्म एक्सेस पाएका थिए ।
यसअघि कम्पनीले ‘भ्यू एस’ भन्ने एपको माध्यमबाट ह्याकरहरुले यूजर्सको एकाउन्टमा पहुँच पाएको जानकारी दिएको थियो । हाल फेसबुकले डाटा चोरीको घट्नामा अनुसन्धान गर्न सरकारी अधिकारीहरुसँग सहयोग लिईरहेको बताएको छ ।
यदि तपाईँ ३ करोड यूजर्समध्ये पर्नुहुन्छ, जसको फेसबुक डाटा ह्याकरहरुले लगेका छन भने फेसबुकले तपाईँलाई मेसेजमार्फत जानकारी दिनेछ ।
तर तपाईँले आफैं पनि तपाईँको एकाउन्ट ह्याक भएको हो वा होईन भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसको लागि यो प्रकृया अपनाउन सकिन्छ ।
१ फेसबुकमा लगइन गरेर फेसबुक हेल्प सेन्टरको लिंकमा जानुहोस्- https://www.facebook.com/help/securitynotice?ref=sec.
२ तलको भागमा स्क्रोल गरेर इज माइ फेसबुक एकाउन्ट इम्प्याक्टेड बाइ दिस सेक्युरिटी इस्यू? भन्ने सेक्सनमा जानुहोस् ।
३ तपाईँले त्यहाँ अंग्रेजीमा हो वा होईन भन्ने उत्तर पाउनुहुन्छ, जून ३ करोड मध्ये तपाईँको एउटा प्रभावित भएको एकाउन्ट हो वा होईन भनेर । ती प्रभावितहरुले यसका साथमा चेतावनीयुक्त संदेश न्यूज फिडमा नै पाउनेछन् ।
४ यदि तपाईँले प्रभावित भएकोमा हो भन्ने उत्तर पाउनुभयो भने तपाई त्यसमध्ये तीन वटा क्याटोगरीमा पर्नुहुनेछ ।
A. जसमा पहिलो १ करोड ५० लाख यूजर्स जसको सबै जानकारी चोरी भएको छ ।
B. अर्को १ करोड ४० लाख यूजर्स जसको उल्लेखित डाटासहित एकाउन्ट बायोडाटा समेत पहुँच पाएको छ ।
C. बाँकी १० लाख यूजर्सहरुको भने केबल टोकन मात्र चोरी भएको थियो तर डाटामा पहुँच पाएको छैन् ।
यदि तपाईँको एकाउन्ट ह्याक भएको थियो भने के गर्ने ?
१ तपाईँले फेसबुकको पासवर्ड वा क्रेडिट कार्डको जानकारी परिवर्तन गर्न आवश्यक छैन । किनकी हालसम्म ती विषयहरुसम्म ह्याकरको पहुँच भएको सूचना छैन् ।
२ कुनैपनि स्पाम वा स्क्याम कल, इमेलहरु, मेसेजहरु, जुन तपाईँको एकाउन्टसँग जोडिएका छन्, ती कुनै अनावश्यक व्यवसायका लागि बेचिएको हुन सक्दछ । त्यस्तो इमेल, मेसेज वा जानकारीहरुबारे सर्तक हुनुहोस् ।
३ कृपया सर्तक हुनुहोस् । ह्याकर वा तेस्रो पक्षले तपाईँलाई इमेल गरेर नक्कली पेजमार्फत तपाईँको पासवर्ड हाल्न लगाएर तपाईँको डाटा चोरी गर्नेछन् । यदि तपाईँले संकास्पद इमेल फेसबुकको नाममा पाउनुभयो भने यहाँ क्लिक गरेर चेक गर्न सक्नुहुनेछ ।
४ यदि तपाईँ डाटासहित बायोडाटा समेत चोरी भएको समूहमा हुनुहुन्छ भने तपाईँले बैंकसंग सम्पर्क गरेर क्रेडिट कार्डहरुको सुरक्षा कोड परिवर्तन गर्न सक्नुहुनेछ भने थप सुरक्षाको लागि अतिरिक्त पिनकोड राख्न सक्नुहुनछ । त्यसैगरि चोरी भएको सूचनाको आधारमा तपाईँको साथीहरु, आफन्त, सम्पर्कमा भएका व्यक्तिहरुलाई समेत मेसेज वा ईमेल पठाउन सक्नेछन् ।
प्रकाशित: २७ आश्विन २०७५, शनिबार