म्यानमामा नवीकरणीय ऊर्जा योजनाको कार्यान्वयन

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
म्यानमामा नवीकरणीय ऊर्जा योजनाको कार्यान्वयन
Symbolic Picture

काठमाडौं ।

म्यानमामा हाल एक हजार २६ मेगावाट क्षमताको कुल ११ सौर्य ऊर्जा प्लान्ट परियोजनाहरू निर्माण भइरहेको छ।

विद्युत् तथा ऊर्जा विकास आयोगले जारी गरेको प्रतिवेदनमा नेपी तावमा चार, मण्डले क्षेत्रमा तीन, बागो क्षेत्रमा एक र सान राज्यमा एक आयोजनाले ५३० मेगावाट विद्युत् उत्पादन गर्ने जनाएको छ।

प्रतिवेदनमा विद्युतको बढ्दो मागलाई पूर्ति गर्न सरकारले नवीकरणीय ऊर्जा आयोजनालाई तीव्रता दिइरहेको जनाएको छ। विद्युत तथा ऊर्जा विकास आयोगले स्थानीय तथा अन्तर्राष्ट्रिय लगानीको सहयोगमा विद्युत र ऊर्जा पूर्वाधारको विकासलाई प्राथमिकता दिने लक्ष्य राखेको छ।

प्रतिवेदनमा म्यानमाले २८ जलविद्युत प्लान्ट, २७ थर्मल पावर प्लान्ट र आठ सोलार प्लान्ट सञ्चालन गरिरहेको छ, जसको कुल स्थापना क्षमता छ हजार ३७१ मेगावाट छ। रासस/सिन्ह्वा

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...