ब्राउजरको म्याद सकिएपछि क्रोम सिङ्कले काम गर्न छोड्ने

  • Technology Khabar | १८ माघ २०८१, शुक्रबार
ब्राउजरको म्याद सकिएपछि क्रोम सिङ्कले काम गर्न छोड्ने

काठमाडौं ।

यदि तपाइँले क्रोमलाई अपडेट नगरी राख्नु भयो भने तपाइँको बुकमार्कहरू, एक्सटेन्सन्स र तपाइँको ब्राउजर र तपाइँको गुगल अकाउण्ट बीचको अन्य ब्राउजिङ डाटा सिङ्क गर्ने क्रोम सिङ्कले काम गर्न छोड्नेछ। यो घोषणा हालै गुगलले गरेको हो।

क्रोमले सिङ्क जारी राख्नको लागि पछिल्लो (गत) चार वर्ष भित्र एक पटक अपडेट गरिएको हुनु पर्ने सामान्य पूर्वशर्त राखेको टेलिग्राफले रिपोर्ट गरेको छ।

यद्यपि कम्पनीले समर्थनको अन्त्यको लागि सही संस्करण नम्बरको पुष्टि नगरेको र सिङ्कले केवल “क्रोमको चार वर्ष भन्दा पुरानो संस्करणहरूमा काम गर्न बन्द गर्नेछ” भनि उल्लेख गरिएको छ।

यो परिवर्तन सम्भवतः सन् २०२५ को प्रारम्भमा लागू हुनेछ। यदि ब्राउजर संस्करण धेरै पुरानो छ भने “सिङ्क सुरु गर्न क्रोम अपडेट गर्नुहास्” वा “तपाईंको गुगल अकाउण्टमा क्रोम डाटा प्रयोग जारी राख्न क्रोम अपडेट गर्नुहोस्” भनेर दुई मध्ये एउटा एरर म्यासेज (त्रुटि सन्देश) प्राप्त गरिने बताइएको छ।

गुगलले पहिले नै पासवर्ड, ठेगानाहरू, र भुक्तान विवरणहरू स्वचालित रूपमा सिङ्क गरेर क्रोममा साइन इन गर्दा सिङ्क फङ्गसन्यालिटीलाई अलग–अलग रुपमा सक्षम गर्न आवश्यक नभई क्रोम सिङ्कको महत्त्व कम गर्न सुरु गरिसकेको छ।

ब्राउजर हिस्ट्रि, बुकमार्कहरू र एक्सटेन्सन्स सिंक सक्षम भएमा मात्र सेयर गर्न जारी राख्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १८ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...