
काठमाडौं ।
कथित रूपमा सस्तोमा बनाइएको भनेको डीपसिकको प्रभावशाली आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मोडेलले एआई नेतृत्वमा चीनभन्दा आफू अघि रहेको भन्ने अमेरिकाको विश्वासलाई हल्लाएको छ। साथै डीपसिकले सोमबार एकैदिनमा एनभिडियाको बजार मूल्यमा ६०० बिलियन अमेरिकी डलरको ‘गिरावट’ ल्याएको थियो।
चीनको आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता)को प्रगतिलाई रोक्नको लागि भनेर जाने बाइडेन प्रशासनले कम्प्युटर चिप निर्यातमा नियन्त्रण कडा बनाएको दुई हप्ता पछि डीपसिकको समाचार आएको छ।
यद्यपि ट्रम्प प्रशासनले भने नयाँ नियन्त्रणहरू लागू गर्ने वा नगर्ने भन्ने बारेमा केही उल्लेख नगरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
निर्यात नियन्त्रणले निस्सन्देह चीनलाई थप रचनात्मक र कुशल हुन बाध्य बनाएको छ भने निर्यात नियन्त्रणमा अमेरिका दोब्बर कडा हुन आवश्यक छ भन्ने कुरोको लागि डीपसीक प्रमाण हो भनि विशेषज्ञहरूले तर्क गरेका छन्।
“तिनीहरूले चीनको समग्र आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) इकोसिस्टममा ठूलो प्रभाव पार्ने” चीनमा केन्द्रित अन्तर्राष्ट्रिय शान्तिका लागि कार्नेगी एन्डाउमेन्टमा एआई र टेक्नोलोजी विशेषज्ञ म्याट शिहानले बताएक छन्।
“विशेष गरी यी मोडेलहरू कति पटक प्रयोग गर्न सकिन्छ भन्ने विषयमा, र कति व्यक्तिले एकै समयमा मोडेल प्रयोग गर्न सक्छन्” भन्दै उनले थप उल्लेख गरे।
यदि निर्यात नियन्त्रणलाई बलियो बनाइयो वा नयाँ थपियो भने, तिनीहरू प्रभावकारी हुने उनले विश्वास व्यक्त गरेको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १७ माघ २०८१, बिहीबार