बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता

काठमाडौं ।

एसियाली विकास बैङ्क (एडिबी) र बङ्गलादेश सरकारले सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत देशको पहिलो ‘हरित डाटा केन्द्र’ विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

एडीबी र बङ्गलादेश सरकारका सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूले आइतबार एमओयूमा हस्ताक्षर गरे।

डाटा सेन्टरले भविष्यका मागहरू पूरा गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नेछ।

एडीबीको बङ्गलादेश मिशनका निर्देशक युन जियोङले भने,“यो पहल बङ्गलादेशको डिजिटल भिजन, अत्याधुनिक प्रविधिलाई एकीकृत गर्ने र देशको डिजिटल रूपान्तरणलाई समर्थन गर्न महत्त्वपूर्ण कदम हो।”

“यो परियोजनाले सूचना प्रविधि क्षेत्रमा निजी लगानीलाई बढावा दिने र डिजिटल प्रविधिमा पूँजी परिचालनको ढोका खोल्नेछ।”

परियोजनाले दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने र बङ्गलादेशमा अत्याधुनिक डिजिटल पूर्वाधारको विस्तारलाई समर्थन गर्नेछ। रासस/सिन्ह्वा

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार