आफ्ना एप्पल डिभाइसहरुमा एप्पल इन्टेलिजेन्स ‘बन्द’ गर्न चाहनुहुन्छ? यी तरिका अपनाउनुस्

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
आफ्ना एप्पल डिभाइसहरुमा एप्पल इन्टेलिजेन्स ‘बन्द’ गर्न चाहनुहुन्छ? यी तरिका अपनाउनुस्

काठमाडौं ।

एप्पलले सोमबार आईओएस १८.३ जस्ता नयाँ सफ्टवेयर अपडेटहरू सार्वजनिक गरेको छ, जसले नयाँ उपकरणहरूमा प्रयोगकर्ताहरूलाई स्वचालित रूपमा “एप्पल इन्टेलिजेन्स” मा समावेश गराउँछ।

तर यो प्राविधिक उद्योगले विश्वास गरेजस्तो वा विश्वास गराउन खोजेजस्तो सबै ग्राहकले आफ्नो उपकरणमा यी जेनेरेटिभ एआई फिचरहरू स्वतः शुरु होस् भन्ने चाहँदैनन्।

तपाईं एआई उद्योगले वातावरणमा पारेको प्रभावप्रति चिन्तित हुन सक्नुहुन्छ, या उद्योगका शीर्ष खेलाडीहरूको राजनीतिक दृष्टिकोणप्रति असहमति राख्न सक्नुहुन्छ, वा तपाईंलाई हाल एआईले ठीकसँग काम गरिरहेको छैन जस्तो लाग्न सक्छ। यो अवस्था हालसम्म एप्पल इन्टेलिजेन्समा प्रमाणित भए टेकक्रञ्चले उल्लेख गरेको छ। यसका कारण “एप्पल इन्टेलिजेन्सका असफलताहरू” बारे छलफल गर्नेगरी एउटन समर्पित सबरेडिट समूह समेत चलाइएको छ।

टेकक्रञ्चक अनुसार यदि तपाईं आफ्नो उपकरणबाट एप्पल इन्टेलिजेन्स बन्द गर्न चाहनुहुन्छ भने तलको तरिका अपाउन सकिन्छ। यो प्रक्रिया आईफोन, आईप्याड र म्याक डिभाइसहरु सबैका लागि समान र सहज छ।

आईओएस (आईफोन र आईप्याड) मा एप्पल इन्टेलिजेन्स बन्द गर्ने तरिका:

  • सेटिङ्स खोल्नुहोस्।
  • तल स्क्रोल गरी ” एप्पल इन्टेलिजेन्स एण्ड सिरी” मा जानुहोस्।
  • टगल थिचेर एप्पल इन्टेलिजेन्स बन्द गर्नुहोस्।
  • त्यहाँ “सिरी” पनि बन्द गर्न सक्नुहुन्छ, जुन गोपनीयता र सुरक्षा कारणले विशेष गरी “लक स्क्रीनमा सिरी” का लागि उपयोगी हुन्छ।

म्याकमा एप्पल इन्टेलिजेन्स बन्द गर्ने तरिका:

  • सिस्टम सेटिङ्स खोल्नुहोस्।
  • “एप्पल इन्टेलिजेन्स” मा क्लिक गर्नुहोस्।
  • यदि यो सक्रिय छ भने, टगल क्लिक गरी यसलाई बन्द गर्नुहोस्।
  • एक (डाइलग बक्स) खुल्नेछ जहाँ तपाईंलाई एप्पल इन्टेलिजेन्स प्रयोग नगर्ने निर्णय पुष्टि गर्न भनिनेछ।
  • यहाँ सिरी पनि बन्द गर्न सक्नुहुन्छ।

यो सरल प्रक्रियाले तपाईंलाई आफ्नो गोपनीयता नियन्त्रण गर्न र तपाईंले चाहेको अनुभव प्रदान गर्न सहयोग गर्नेछ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १६ माघ २०८१, बुधबार