आईफोन १७ को सबै मोडेलहरूमा आईफोन १६ लाइनको जस्तै आकारको डाइनामिक आइल्याण्ड हुने

  • Technology Khabar | १४ माघ २०८१, सोमबार
आईफोन १७ को सबै मोडेलहरूमा आईफोन १६ लाइनको जस्तै आकारको डाइनामिक आइल्याण्ड हुने

काठमाडौं ।

आगामी आईफोन १७ मोडेलहरूमा रहने डाइनामिक आइल्याण्डको आकार हालै अफवाहको मिलमा विवादास्पद विषय बनेको छ। त्यसैगरी यस पक्षसँग सम्बन्धित जानकारीको अर्को सूचना बाहिरिएको उल्लेख छ।

सम्पूर्ण आईफोन १७ लाइनअपमा रहने डायनामिक आइल्याण्ड आईफोन १६ मोडेलहरूको तुलनामा “ठूलो रूपमा अपरिवर्तित” आकारको हुनेछ भनि मिङ–ची कुओले उल्लेख गरेका छन्।

मिङ–ची कुओले सधैं जसो, आगामी आईफोनहरूको बारेमा जानकारी साझा गर्ने गर्दछन् जुन, सामान्यतया सहि र सटीक हुने गरेका छन्।

साथै आईफोन १७ प्रो म्याक्समा रहने डायनामिक आइल्याण्डको संकुचनको बारेमा भर्खरै अफवाहहरू पनि आएका छन्। यदपि आईफोन १७ प्रो म्याक्समा रहने डायनामिक आइल्याण्ड भने संकुचन नहुने – वा कम्तिमा आगामी पुस्ताको लागि यस्तो कार्य नगरिने भनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।

यद्यपि यी सबै जानकारी र सूचनाहरू अझै पनि एक अपुष्ट अफवाह भएको हुनाले यसलाई हल्का रूपमा लिनको लागि जीएसएमएरिनाले आग्रह गरेको छ।

प्रकाशित: १४ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार