टूजी नेटवर्क बन्द गर्दै अमेरिकी टेल्को टी-मोबाइल, ग्राहकहरुलाई नि:शुल्क फाइभजी डिभाइस दिने

Technology Khabar ११ माघ २०८१, शुक्रबार

काठमाडौं ।

संयुक्त राज्य अमेरिकामा टूजी नेटवर्कलाई जीवित राख्ने अन्तिम प्रमुख टेलिकम प्रदायक टी-मोबाइलले अब अन्ततः यो पुरानो सेवा बन्द गर्ने भएको छ।

अन्य दूरसञ्चार प्रदायकहरु मध्ये एटीएण्डटीले आफ्नो टूजी सेवा २०१७ मा बन्द गरेको थियो भने भेराइजन र स्प्रिन्टले त्यसपछि यसलाई बन्द गरेका थिए। यसो हुँदा पनि टी-मोबाइलले भने अझै टूजी नेटवर्कलाई सक्रिय राख्दै आएको थियो।

जीएसएमएरिनाको रिपोर्६ अनुसार टी-मोबाइलले आफ्नो टूजी नेटवर्क बन्द गर्ने योजनाबारे प्रभावित ग्राहकहरूलाई सूचना पठाउन सुरु गरिसकेको छ। कम्पनीले फेब्रुअरी ९ देखि नेटवर्क बन्द गर्ने प्रक्रिया सुरु हुने जानकारी दिएको छ।

कम्पनीले यो प्रक्रिया पूरा हुन कति समय लाग्छ भनेर स्पष्ट गरेको छैन। तर अझै टूजी उपकरण भएकाहरुले भने अब त्यसलाई परिवर्तन गर्ने समय आएको छ।

नि:शुल्क फाइभजी डिभाइस

टी-मोबाइलले आफ्ना टूजी डिभाइस प्रयोगकर्ता ग्राहकहरूलाई नयाँ फाइभजी उपकरण नि:शुल्क उपलब्ध गराउने प्रस्ताव गरेको छ।

ग्राहकहरूले आफ्नो पुरानो टूजी डिभाइसलाई कुनै पनि अवस्थामा टी-मोबाइलको स्टोरमा लगेर फिर्ता गर्न सक्छन्।

टी-मोबाइलले कस्तो प्रकारको उपकरण प्रस्ताव गर्दैछ भनेर भने प्रष्ट पारेको छैन। तर, प्रस्तावको अनुसार, कुनै पनि अवस्थामा रहेको टूजी उपकरण ल्याएमा नयाँ उपकरण पाउन सकिनेछ।

यो परिवर्तनले फाइभजी नेटवर्कको व्यापकता बढाउने र पुरानो प्रविधिबाट ग्राहकहरूलाई टाढा लैजाने टी-मोबाइलको योजना प्रस्ट देखाउँछ।

प्रकाशित: ११ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया