सोनी एक्सपेरिया ५ भीले प्राप्त गर्यो एन्ड्रोइड १५ अपडेट

  • Technology Khabar | ४ माघ २०८१, शुक्रबार
सोनी एक्सपेरिया ५ भीले प्राप्त गर्यो एन्ड्रोइड १५ अपडेट

काठमाडौं ।

केही दिन पहिले एक्सपेरिया १ भीमा एन्ड्रोइड १५ अपडेट ल्याएको सोनीले एक्सपेरिया ५ भीमा पनि उही अपडेट प्रदान गर्न थालेको छ।

त्यसैगरी अपडेट नोटिफिकेसन (सूचना) प्राप्त गर्ने मानिसहरूबाट रेडिटमा रिपोर्टहरू उपलब्ध भएको उल्लेख गरिएको छ। उक्त १जीबी को अपडेटलाई डाउनलोड गरेर स्थापना गरेपछि सफ्टवेयर संस्करण ६७.२.ए.२.४१ हुने उल्लेख गरिएको छ।

उक्त १जीबी को अपडेटले प्राइभेट स्पेस (निजी ठाउँ) प्रदान गर्ने उल्लेख गरिएको छ। यसले एप ड्रअरमा लकको पछाडि एउटा छुट्टै ठाउँमा एपहरू राख्न दिनेछ।

त्यसबाहेक होम स्क्रिनको लागि कलर कन्ट्रास्ट सेटिङले लक स्क्रिनमा देखाइने क्लक (घडी) परिवर्तन गर्ने नयाँ तरिकाका साथै साइड सेन्सले नयाँ ड्यासबोर्ड फङ्गसन प्राप्त गरेको उल्लेख छ। यसले छिटो रूपमा परिवर्तन गर्न वा सबैभन्दा धेरै प्रयोग गरिएका सेटिङहरूको स्थिति जाँच गर्न दिनेछ।

क्विक सेटिङ प्यानल र नोटिफिकेसन प्यानल पनि पुनः डिजाइन गरिएको छ भने क्विक सेटिङहरूबाट स्क्रिनसट लिन सकिने बताइएको छ। थप रूपमा, पप–अप विन्डोजले काम गर्ने तरिकामा पनि परिवर्तनहरू गरिनुका साथै केही अन्य साना परिवर्तनहरू पनि समावेश रहेका छन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...