सीजी डिजिटलले गर्यो एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

  • Technology Khabar | २९ पुष २०८१, सोमबार
सीजी डिजिटलले गर्यो एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

काठमाडौं ।

सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजिरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सकिने कम्पनीले जनाएको छ।

यी शोरुमहरुमा एलजी सीजी टीसीएल गोदरेज बेको माइडिया केन्ट एलिका सेन्सेई ब्ल्याक एण्ड डेकर क्रम्प्टन नथिङ र एप्पल आईफोन लगायतका अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डका उत्पादनहरू उपलब्ध रहेको बताइको छ।

आफ्ना सामानहरुको प्रदर्शन  र सुपथ मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य  सहित शोरुम सञ्चालन गरिएको कम्पनीको दावी छ।

दक्ष र अनुभवी सेल्स पर्सनहरुबाट त्यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सकिनेछ। यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

नयाँ शाखाहरूमा फ्री कूकिङ क्लास तथा लाइभ डेमोको समेत व्यवस्था गरिएकोले त्यसमा  सहभागी भएर नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सकिनेछ।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको र यसमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन, अन द स्पट ईएमआई, एक्सजेन्ज अफर र लोयल्टी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश रहेको कम्पनीको दावी छ।

प्रकाशित: २९ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...