ताजा समाचार

अनुमति प्राप्त सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिई शेयर संरचना परिवर्तन गर्न नपाउने

अनुमति प्राप्त सेवा प्रदायकले दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिई शेयर संरचना परिवर्तन गर्न नपाउने
Global IME Bank

नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो संस्थाबाट दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूलाई शेयर संरचना परिवर्तन गर्नुअघि स्वीकृति लिन सूचित गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकशित गरी यसप्रकारको आग्रह गरेको हो।

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसञ्चार सेवा सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) तथा नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ बमोजिम “चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने कानूनी व्यवस्था रहेको हुँदा सम्बन्धित दूरसञ्चार सेवा प्रदायकहरूले आफ्नो संस्था/कम्पनी/प्रा.लि.को शेयर खरिद बिक्री तथा शेयर संरचना परिवर्तन गर्नुपूर्व प्राधिकरणबाट स्वीकृति लिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ।

यस व्यवस्था अनुसार दूरसञ्चार सेवा प्रदायकहरूले प्राधिकरणको स्वीकृत नलिई शेयर खरिद/बिक्री तथा शेयर संरचना परिवर्तन गरेको/भएको देखिएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।

केहि दिन अघि मात्र सर्वोच्च अदालतले नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई पनि नियामकको भूमिका राम्रोसँग पूरा गर्न आदेश दिएको छ।

आदेशमा भनिएको छ, ‘…एनसेल आजियाटा लिमिटेडले पूर्ण खुलासाको सिद्धान्त विपरित कार्य गरेको र बुझाउनुपर्ने  कागजातहरु नबुझाएको समेत ठहर भईसकेको अवस्थामा नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनीको रुपमा अनुमतिपत्र प्राप्त विपक्षी कम्पनीलगायतका सबै व्यक्तिहरुको कानुन बमोजिम प्रभावकारी नियमन गर्नू, गराउनू भनी विपक्षी दूरसञ्चार प्राधिकरणको नाममा निर्देशनात्मक आदेश जारी गरिदिएको छ।’

Sajilo Visa
easy care