ताजा समाचार

एप्पल टिभी प्लसले जनवरीको दुई दिनका लागि विश्वव्यापी रूपमा निःशुल्क पहुँच दिँदै

एप्पल टिभी प्लसले जनवरीको दुई दिनका लागि विश्वव्यापी रूपमा निःशुल्क पहुँच दिँदै
Global IME Bank

एप्पल टिभी प्लसले जनवरीमा पहिलो सप्ताहन्तको लागि विश्वव्यापी रूपमा निःशुल्क पहुँच दिने प्रस्ताव गरेको छ।

एप्पलले आफ्नो एसभीडीयो (SVOD) सेवा एप्पल टिभी प्लसलाई ३ देखि ५ जनवरीको सप्ताहन्तमा विश्वव्यापी रूपमा नि:शुल्क उपलब्ध गराउँदैछ। विश्वव्यापी नयाँ ग्राहकहरूले सन् २०२५ को पहिलो सप्ताहन्तमा एप्पल टिभी प्लसमा निःशुल्क लग इन गर्न सक्ने घोषणा गरेको हो।

जो कोहीले पनि स्ट्रिमिङ भिडियो सेवा नि:शुल्क हेर्न सक्छन्, जोसँग यसलाई सपोर्ट गर्ने उपकरण र एप्पल आईडी खाता छ।

एप्पलले पहिलो पटक आफ्ना दर्शकहरूलाई आफ्नो स्ट्रिमिङ सेवा एप्पल टिभी प्लसमा निःशुल्क पहुँच प्रदान गरेको हो।

Sajilo Visa
easy care