इटालीको एयरपोर्ट तथा विदेश मन्त्रालयको वेबसाइटमा रुसी ह्याकरद्वारा साइबर आक्रमण

Technology Khabar १४ पुष २०८१, आईतवार

इटालीको एयरपोर्ट तथा विदेश मन्त्रालयको वेबसाइटमा रुसी ह्याकरद्वारा साइबर आक्रमण
सांकेतिक तस्बिर

काठमाडौं ।

शनिबार इटालीका विदेश मन्त्रालय र मिलानका दुई विमानस्थलका करिब १० ओटा सरकारी वेबसाइटहरू ह्याक भएका छन्। इटालीको साइबर सुरक्षा एजेन्सीका अनुसार ती वेबसाइटहरूलाई अस्थायी रूपमा बन्द गराइएको छ।

इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन्।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन्।

रुस समर्थक ह्याकर समूहले टेलिग्राम पोस्टमार्फत आक्रमणको जिम्मेवारी लिएको छ। रुसी आक्रामकता विरुद्धको सङ्घर्षमा युक्रेनलाई समर्थन गर्ने नाटो देशहरूमा सार्वजनिक संस्था र रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्न यो समूह परिचित छ।

रूसी समर्थक ह्याकर समूह Noname057(16) ले टेलिग्राममा यो साइबर आक्रमणको जिम्मेवारी लिँदै भन्यो, “इटालीका रूस-विरोधीहरूलाई उचित साइबर प्रतिकार दिइएको छ।”

इटालीको साइबर सुरक्षा एजेन्सीका प्रवक्ताले यो “डिस्ट्रीब्युटेड डिनायल अफ सर्भिस” अर्थात् डीडीओएस आक्रमण रूस-सम्बद्ध समूहसँग जोडिएको हुनसक्ने सम्भावना रहेको बताए।

यस्ता आक्रमणमा, ह्याकरहरूले असामान्य रूपमा धेरै डाटा ट्राफिक पठाएर कुनै नेटवर्कलाई अवरुद्ध गर्ने प्रयास गर्छन्। प्रवक्ताले बताए अनुसार एजेन्सीले प्रभावित संस्था र कम्पनीहरूलाई तत्काल सहयोग प्रदान गर्यो, र दुई घण्टाभित्रै आक्रमणको प्रभावलाई “नियन्त्रित” गरियो।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया