पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा महोत्सव हुने

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा महोत्सव हुने

काठमाडौं ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा डेल्टाद्वारा आयोजना हुने छैटौं संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ। उक्त महोत्सव आगामी माघ १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

यो कार्यक्रम इन्जिनियरिङ सक्कायका विद्यार्थीका लागि सबैभन्दा ठूलो तथा प्रतिष्ठित कार्यक्रम रहेकाले कृषि, प्रविधि र नवप्रवर्तन लाई मुख्य विषय बनाइएको आयोजकले जनाएको छ।

यस महोत्सवले विद्यार्थीलाई प्रविधि र नवप्रवर्तनमा संलग्न गराएर बौद्धिक विकासमा सहयोग पुयाउने डेल्टाका संयोजक विवेक न्यौपानेले बताए। कृत्रिम बुद्धिमत्ता र स्वचालन, डिजिटल अर्थतन्त्र स्मार्ट सिटीका लागि इन्जिनियरिङ र विश्वव्यापी समाधान गर्न इन्जिनियरिङ जस्ता उपविषयहरू समावेश गरिएको उनले बताए।

यसबाट विश्वविद्यालय र विद्यार्थीलाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने स्ववियु सभापति नवीन श्रेष्ठले बताए। विद्यार्थीका लागि नवप्रवर्तन र प्रविधिमा योगदान गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ आयोजना गरिएको श्रेष्ठले बताए।

मुख्य विषयवस्तु कुषिमा प्रविधिको नवीनतम प्रयोगका पाँच वटा विषयवस्तुमा आधारित प्रविधि एआई र स्वचालन प्रविधिमा नवीनता, डिजिटल अर्थव्यवस्था, स्मार्ट सहरको परिकल्पना, ग्लोबल समस्या समाधानमा इन्जिनियरिङ रहने उनले जानकारी दिए।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...