भारतमा क्याब सेवा दिने एपमा एन्ड्रोइड र एप्पल डिभाइसहरू बीचको भाडा भिन्नता छानबिन गरिने

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
भारतमा क्याब सेवा दिने एपमा एन्ड्रोइड र एप्पल डिभाइसहरू बीचको भाडा भिन्नता छानबिन गरिने

काठमाडौं ।

भारतीय बजारमा एन्ड्रोइड र एप्पलका डिभाइसमा फरक–फरक भाडा असुलेको गुनासोमा एप मार्फत क्याब सेवा दिने कम्पनीलाई कारबाही गर्ने तयारी गरेको छ।

भारतको केन्द्र सरकारले केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) लाई यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिएको छ। यस सम्बन्धमा सीसीपीएलाई छिट्टै प्रतिवेदन बुझाउन भनिएको छ।

भारतीय उपभोक्ता मामिला मन्त्री प्रल्हाद जोशीले गत बिहीबार सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भने, “यो पहिलो नजरमा अनुचित अभ्यास जस्तो देखिन्छ।” उनले यसलाई उपभोक्ताको पारदर्शिताको अधिकार हनन भएको बताए। खाना वितरण र टिकट बुकिङ एपहरूमाथि पनि सीसीपीएद्वारा अनुसन्धान गरिने र उपभोक्तामाथि हुने दुर्व्यवहार सहने नहुने जोशीले बताएका थिए।

भर्खरै, सीसीपीएले विद्युतीय दुई पाङ्ग्रे सवारी निर्माता ओला इलेक्ट्रिकको इलेक्ट्रिक स्कुटरको सेवामा कमजोरीहरूका बारेमा ठूलो संख्यामा उजुरीहरू पनि कारबाही गरेको थियो।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार