दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी भूउपग्रह’ सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | १० पुष २०८१, बुधबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी भूउपग्रह’ सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस भूउपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ।

स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो ।

क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे (कोरियाली समय) अनुसार भूउपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो । प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी ग्राउन्ड स्टेशनसँग सञ्चार गर्न सफल भएको र यसले भूउपग्रहको सामान्य सञ्चालनको सङ्केत गरेको जनाएको छ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचओटा जासुसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य भूउपग्रह हो।

दक्षिण कोरिया यसअघि अमेरिकाले उपलब्ध गराएको स्याटेलाइट इमेजरीमा ठूलो मात्रामा भर परेको थियो। रासस/एएनआई

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार