कम्बोडियामा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु

Technology Khabar २ पुष २०८१, मंगलवार

कम्बोडियामा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु
सांकेतिक तस्वीर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

कम्बोडियन सरकारले सोमबार औपचारिक रूपमा ‘अनौपचारिक अर्थतन्त्र’का लागि डिजिटल प्लेटफर्म सुरु गरेको छ। अनौपचारिक अर्थतन्त्र भन्नाले सरकारद्वारा नियमन नगरिएका आर्थिक गतिविधिहरूलाई जनाउँछ।

प्रधानमन्त्री हुन मानेटले पोर्टलले अनौपचारिक अर्थतन्त्र विकास सन् २०२३–२०२८ को राष्ट्रिय रणनीति कार्यान्वयनमा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए।

उनले अनौपचारिक अर्थतन्त्रलाई मान्यता र समर्थन प्रदान गर्न प्लेटफर्मको महत्त्वमा जोड दिए।

मनेटले थप्नुभयो,“ यस कदमले अनौपचारिक अर्थतन्त्रलाई समर्थन गर्ने, अवसर सिर्जना गर्ने र जीवन स्तर तथा समग्र कल्याणको लक्ष्यलाई समर्थन गर्ने सरकारको प्रतिबद्धता देखाएको छ ।”

साथै, यसले सीप विकास, सामाजिक सुरक्षा र औपचारिक वित्तीय सेवाहरू जस्ता फाइदाहरू पहुँच गर्न ढोका खोल्नेछ।

उद्योग मन्त्री हेम भेन्डीले यस प्लेटफर्मले अनौपचारिक अर्थतन्त्रको बारेमा डाटाको अभावको लामो समयदेखिको समस्याको समाधान प्रदान गर्ने बताए।

कम्बोडियामा करिब ७९ लाख मानिस श्रमशक्तिमा छन्, जसमध्ये १७ लाख औपचारिक क्षेत्रमा र ६२ लाख अनौपचारिक क्षेत्रमा कार्यरत रहेका एक सर्वेक्षणले जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया