इसेवा महा–उत्सव बम्पर उपहारमा रवि बम्जनले जिते नामी इलेक्ट्रिक कार

Technology Khabar १ पुष २०८१, सोमबार

काठमाडौं ।

इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सोल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ। आज फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन्।

पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो। इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनोट गरेको हो।

२०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कम्पनीकाअनुसार, महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो। इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवा मार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु. १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्ने मौका थियो।

इसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिने जानकारी दिएको छ। सरोज कुमार पाण्डे र अविन गुरूआचार्यले रु. १०० को खेलमा ष्एजयलभ ज्ञट जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा  सहभागी भई क्रमशः रु. ५०,०००, रु. २५,००० र रु. १५,००० हात पारेका थिए।

नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिँदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस, र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: १ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया