आईफोनपछि एप्पलले भारतमा अब एयरपड्स बनाउने

  • Technology Khabar | १ पुष २०८१, सोमबार
आईफोनपछि एप्पलले भारतमा अब एयरपड्स बनाउने

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलले आईफोनपछि आफ्नो अर्को प्रडक्ट भारतमा उत्पादन गर्ने योजना बनाएको छ। कम्पनीले अब भारतमा एयरपड्स वायरलेस इयरफोन निर्माण गर्ने तयारी गरिरहेको छ।

कम्पनीले अर्को वर्षको पहिलो क्वाटरमा भारतमा एयरपड्सको उत्पादन सुरु गर्ने अपेक्षा गरिएको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्। भारतमा, यो योजना एप्पलको सहायक कम्पनी फक्सकन टेक्नोलोजी समूहले कमान्ड गरिरहेको हो।

फक्सकनले हैदराबादमा रहेको आफ्नो नयाँ प्लान्टमा एयरपडहरू एसेम्बल गर्न थाल्नेछ। एयरपड्सको निर्माण यहाँ ट्रायल बेसमा भैरहेको छ र उत्पादन सुरु भएपछि निर्माणको गति बढाइने उल्लेख छ।

एप्पलले विगत केही वर्षदेखि भारतमा आईफोन उत्पादन गरिरहेको छ। आर्थिक वर्ष २०२४ मा एप्पलका कुल आइफोनको १४-१५ प्रतिशत भारतमा बनेका थिए। यो संख्या सन् २०२७ सम्ममा २६ देखि ३० प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ।

आईफोन पछि, कम्पनीले एयरपड्सको साथ भारतमा आफ्नो दोस्रो उत्पादनको निर्माण सुरु गर्दैछ। एप्पलले भारतमा एयरपड्स उत्पादन गर्न लागेको पहिलो पटक हो।

प्रकाशित: १ पुष २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार