ताजा समाचार

अमेरिकामा सञ्चालन प्रतिबन्धको निर्णय रोक्न टिकटकद्वारा गरिएको पुनरावेदन अमेरिकी अदालतले लिएन

अमेरिकामा सञ्चालन प्रतिबन्धको निर्णय रोक्न टिकटकद्वारा गरिएको पुनरावेदन अमेरिकी अदालतले लिएन
Global IME Bank

टिकटकले आफ्नो चिनियाँ मुख्य कम्पनी बाइटडान्सलाई जनवरी १९ भित्र छोटो-भिडियो एप टिकटक बेच्न लगाउने कानुन रोक्न वा उल्ट्याउन सर्वोच्च अदालतमा छिटो अपिल गर्नुपर्ने भएको छ।

शुक्रबार अमेरिकाको अपिल अदालतले थप समयको निवेदन अस्वीकार गरेपछि यस्तो अवस्था आइपरेको हो। सोमबार टिकटक र बाइटडान्सले सर्वोच्च अदालतमा आफ्नो पक्ष प्रस्तुत गर्न थप समय पाउन सकियोस् भन्ने हेतुले वाशिंगटन डीसीको यूएस कोर्ट अफ अपिल्समा आकस्मिक निवेदन दर्ता गरेका थिए।

कम्पनीहरूले अदालतले हस्तक्षेप नगरेको खण्डमा उक्त कानुनले “अमेरिकाको १७ करोडभन्दा बढी मासिक प्रयोगकर्ताका लागि सबैभन्दा लोकप्रिय प्लेटफर्ममध्ये एक, टिकटकलाई बन्द गरिदिनेछ” भनी चेतावनी दिएका थिए।

तर अदालतले यो निवेदन अस्वीकार गर्यो। शुक्रबारको सर्वसम्मत अदालतको आदेशमा टिकटक र बाइटडान्सले कुनै यस्ता अघिल्लो मुद्दा प्रस्तुत गर्न नसकेको जसमा अदालतले संसदको ऐनलाई संवैधानिक चुनौती दिएपछि त्यो ऐन कार्यान्वयन हुन नदिन रोकेको भनिएको छ।

फैसलापछि टिकटकका प्रवक्ताले भने, “हामी आफ्नो मुद्दा सर्वोच्च अदालतमा लैजाने योजना बनाउँछौं, जसले अमेरिकीहरूको स्वतन्त्र अभिव्यक्तिको अधिकारलाई ऐतिहासिक रूपमा सुरक्षित गरेको छ।”

कानुनअनुसार जनवरी १९ सम्ममा बाइटडान्सले टिटोकबाट आफ्नो लगानी हटाउन नसकेमा एप प्रतिबन्धित हुनेछ। यो कानुनले अमेरिकी प्रयोगकर्ताहरूको डाटा संकलनको चिन्ता उठाउन सक्ने अन्य विदेशी स्वामित्व भएका एपहरू प्रतिबन्ध लगाउन अमेरिकी सरकारलाई व्यापक अधिकार पनि दिने रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी न्याय मन्त्रालयले “चिनियाँ नियन्त्रणमा रहेको टिकटोकले राष्ट्रिय सुरक्षामा निरन्तर खतरा पुर्‍याउँछ” भन्ने तर्क गरेको छ।

तर टिकटकले न्याय मन्त्रालयले यसको चीनसँगको सम्बन्धलाई गलत रूपमा व्याख्या गरेको भनेको छ। कम्पनीका अनुसार यसको सामग्री सिफारिस गर्ने प्रणाली र प्रयोगकर्ताको डाटा अमेरिकामा ओरेकलद्वारा सञ्चालित क्लाउड सर्भरमा भण्डारण गरिन्छ र अमेरिकी प्रयोगकर्ताहरूलाई प्रभावित गर्ने सामग्री समीक्षा सम्बन्धी निर्णय अमेरिका भित्रै गरिन्छ।

Sajilo Visa
easy care