
काठमाडौं ।
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतिय कारोबार ऐन २०५३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी गरेको बारेमा अफवाह फैलाएको आरोपमा सीआईबीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको थियो।
नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंको अनुसन्धान सकेर प्रतिवेदन तयार गरी जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो, जसको आधारमा हाल अदालतमा मुद्दा दर्ता गरिएको हो।
साइबर अपराधको कसुरमा ५ वर्षसम्मको कैद र एक लाख रुपैयाँसम्मको जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। यसका साथै, प्रसाईंविरुद्ध यसअघि पनि साइबर अपराधका मुद्दा दायर भएका कारण थप सजायको माग गर्दै मुद्दा दायर गरिएको बताईएको छ।
सीआईबीले प्रसाईंलाई भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारीहरूलाई धम्क्याएको आरोपमा पनि अनुसन्धान गरिरहेको जनाएको छ।
प्रसाईंले साइबर अपराधको आरोपमा आफूले फेक कागजात तयार नगरेको दावी गरेका छन्।
प्रकाशित: २७ मंसिर २०८१, बिहीबार