तपाईँ टिकटक, रील्सलगायत स्क्रोल गरेर घण्टौं बिताउनु हुन्छ? त्यसो भए तपाईँ ‘ब्रेन रट’ को शिकार हुनुभएको छ

  • Technology Khabar | २८ मंसिर २०८१, शुक्रबार
तपाईँ टिकटक, रील्सलगायत स्क्रोल गरेर घण्टौं बिताउनु हुन्छ? त्यसो भए तपाईँ ‘ब्रेन रट’ को शिकार हुनुभएको छ

काठमाडौं ।

टिकटकमा आउने भिडियो, मीम वा रील्समा आउने विभिन्न सामग्रीहरु हेर्दा-हेर्दै के तपाईंलाई दिक्क लाग्दैन? कति हेर्नु अब त पुग्यो जसत् लाग्दैन? इन्स्टाग्राम रील्स वा टिकटकमा के तपाईं बिना सोचे-सम्झे घण्टौंसम्म स्क्रोल गर्नुहुन्छ?

यदि सक्नुहुन्छ भने यसको लागि अक्सफोर्ड युनिभर्सिटी प्रेसको प्रतिष्ठित डिक्शनरीले नयाँ शब्द दिएको निकालेको छ। यो शब्द हो यो शब्द हो ब्रेन रट (Brain Rot)। सामान्य अर्थ हेर्ने हो भने ब्रेन भन्नाले दिमाग र रट भन्नाले कुहिनु हो।

प्राविधिक हिसाबले ब्रेन रट भन्नाले सामाजिक सञ्जालमा फोहोर र अनावश्यक सामग्री धेरै हेर्दा हुने असरलाई जनाउँछ। यस शब्दको प्रयोग २०२३ देखि २०२४ को बीचमा २३० प्रतिशतले बढेको छ।

मनोवैज्ञानिक तथा अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर एन्ड्रयू प्रिजबिल्स्की भन्छन्, “यस शब्दको लोकप्रियताले हाम्रो समयको वास्तविकता झल्काउँछ।”

ब्रेन रटको अर्थ हो मानिसको मानसिक वा बौद्धिक क्षमतामा आएको सम्भावित गिरावट। यसलाई सजिलै बुझ्न सकिने तर बेकार सामग्रीको अत्यधिक प्रयोगको नतिजाका रुपमा मानिने बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ।

रोचक कुरा के छ भने ब्रेन रट शब्दको पहिलो प्रयोग इन्टरनेट भन्दा धेरै अघि भएको थियो। सन् १८५४ मा हेनरी डेभिड थोरोले आफ्नो पुस्तक वाल्डेन मा यो शब्द प्रयोग गरेका थिए। उनले जटिल सोचलाई कम महत्व दिने समाजको प्रवृत्तिको आलोचना गरेका थिए।

उनले प्रश्न गरेका छन्, “इंग्ल्यान्डले आलु कुहिन नदिन प्रयास गरिरहेको छ। तर के ब्रेन रटलाई ठीक गर्न कसैले केही प्रयास गर्नेछ? किनकि यो समस्या धेरै गम्भीर र खतरनाक छ।”

यो शब्द सामाजिक सञ्जालमा सबैभन्दा पहिले जेन जी र जेन अल्फाका युवाहरू बीच लोकप्रिय भएको थियो। अहिले भने यो शब्दलाई सामान्य रूपमा सामाजिक सञ्जालमा पाइने फोहोर सामग्रीलाई जनाउन प्रयोग गरिन्छ।

प्रोफेसर प्रिजबिल्स्कीका अनुसार, “ब्रेन रट जस्तो केही हुन्छ भन्ने कुनै प्रमाण छैन। तर यो हाम्रो अनलाइन संसारप्रति देखिएको निराशाको अभिव्यक्ति हो। यसले सामाजिक सञ्जालप्रतिको हाम्रो चासो र चिन्ता व्यक्त गर्दछ।”

अक्सफोर्ड ल्याङ्ग्वेजेजका अध्यक्ष क्यास्पर ग्रेथवाल भन्छन्, “पछिल्ला दुई दशकका अक्सफोर्ड वर्ड अफ द इयरहरू हेर्दा, हाम्रो ध्यान बिस्तारै डिजिटल जीवनले ल्याएका परिवर्तनहरूमा केन्द्रित हुँदै गएको देखिन्छ। इन्टरनेट संस्कृति हाम्रो व्यक्तित्व र संवादको ठूलो हिस्सा बन्दै गएको छ।”

उनले थपे, “पछिल्लो वर्षको वर्ड अफ द इयर ‘रिज’ थियो। यसले भाषा अब अनलाइन समुदायमा कसरी निर्माण, परिमार्जन, र साझा हुन्छ भन्ने देखाएको छ। ब्रेन रट भनेको डिजिटल जीवनका खतरामध्ये एकको संकेत हो र यसले खाली समयमा हामी के गर्दैछौं भनेर देखाउँछ।”

अरू के शब्दहरू सर्टलिस्ट भए?
  • डिम्योर (विशेषण): संयमित, सौम्य। यस्तो व्यक्ति जो आफूलाई प्रदर्शित गर्न रुचाउँदैन।
  • डाइनामिक प्राइसिङ (संज्ञा): वस्तु वा सेवाको मूल्यलाई बजारको मागअनुसार परिवर्तन गर्ने प्रक्रिया।
  • लोर (संज्ञा): कुनै विषय वा व्यक्तिसम्बन्धी तथ्य र पृष्ठभूमि जानकारीहरूको संग्रह।
  • रोम्यान्टेसी (संज्ञा): रोमांस र फ्यान्टसी मिश्रित कथा शैली।
  • स्लोप (संज्ञा): आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले बनाइएका सामग्रीहरू, जसले अनावश्यक वा अप्रमाणित कुराहरू अनलाइन शेयर गर्दछ।
क्याम्ब्रिजले कुन शब्द घोषणा गर्‍यो?

क्याम्ब्रिज युनिभर्सिटीले ‘म्यानिफेस्ट’ शब्द घोषणा गर्‍यो। यसको परम्परागत अर्थ स्पष्ट र प्रकट हो। तर नयाँ अर्थ अनुसार, ‘टु म्यानिफेस्ट’ भन्नाले आफ्नो चाहनालाई विश्वाससाथ कल्पना गरेर हासिल गर्ने सम्भावना बढाउनु हो।

थप शब्दहरू
  • कोलिन्स डिक्शनरीले आफ्नो वर्ड अफ द इयर ब्राट’ घोषणा गर्‍यो, जसको अर्थ हो आत्मविश्वासी, स्वतन्त्र, र रमाइलो स्वभावको व्यक्ति।
  • डिक्शनरी डट कमले डिम्योर’ शब्दलाई वर्ड अफ द इयर बनायो।

प्रकाशित: २८ मंसिर २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • Technology Khabar
  • २८ मंसिर २०८१, शुक्रबार