ताजा समाचार

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण

दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण
भरतपुरमा रहेको इभी चार्जिङ स्टेशन। फाइल तस्विर
Global IME Bank

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा रु दुई करोड ७२ लाख लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन निर्माण भएको छ।

स्टेशनको नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे।

स्टेशनमा एकपटकमा चारओटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ ओटा गरी १५ ओटा सवारी साधन चार्ज गर्न सकिने छ।

स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ। रासस

Sajilo Visa
easy care