ताजा समाचार

स्पेसएक्सद्वारा पहिलो ‘डाइरेक्ट टू सेल’ कन्स्टेलेशनको सफल प्रक्षेपण

स्पेसएक्सद्वारा पहिलो ‘डाइरेक्ट टू सेल’ कन्स्टेलेशनको सफल प्रक्षेपण
Global IME Bank

स्पेसएक्सले बुधबार राति (डिसेम्बर ४) आफ्ना स्टारलिंक इन्टरनेट उपग्रहहरू प्रक्षेपण गर्दै ठूलो उपलब्धि हासिल गरेको छ।

फाल्कन ९ रकेटले बुधबार राति १०:०५ बजे (स्थानीय समय अनुसार क्यालिफोर्नियामा साँझ ७:०५ बजे, जीएमटी अनुसार डिसेम्बर ५ को ०३:०५ बजे) क्यालिफोर्नियाको भ्यान्डनबर्ग स्पेस फोर्स बेसबाट २० वटा स्टारलिंक उपग्रह प्रक्षेपण गर्‍यो। यी उपग्रहहरू ६१ मिनेटमा योजना अनुसार पृथ्वीको नजिकको कक्ष अर्थात् लो अर्थ अर्बिटमा तैनाथ गरिए।

नयाँ प्रक्षेपण गरिएका १३ उपग्रहहरूले सीधा मोबाइलमा इन्टरनेट सेवा दिन सक्छन्, जसले यो विशेष नेटवर्कको पहिलो तह पूरा गरेको छ।

“पहिलो स्टारलिंक स्याटेलाइट डाइरेक्ट-टु-सेलफोन नेटवर्क अब पूरा भएको छ,” स्पेसएक्सका संस्थापक र सीईओ एलन मस्कले बिहीबार बिहान (डिसेम्बर ५) एक्समा लेखे। “यसले साधारण मोबाइलहरूलाई टाढाका स्थानहरूमा इन्टरनेट कनेक्टिभिटी दिन सक्षम बनाउँछ। हरेक बीमको ब्याण्डविथ लगभग १०एमबी मात्रै छ, तर भविष्यका नेटवर्कहरू अझ सक्षम हुनेछन्।”

त्यसैगरी, फाल्कन ९ को पहिलो चरणका बुस्टरले प्रक्षेपणपछिको आठ मिनेटमा योजनाबद्ध रूपमा प्रशान्त महासागरमा रहेको स्पेसएक्सको ड्रोनसिप “अफ कोर्स आई स्टिल लभ यु” मा सफलतापूर्वक अवतरण गरेको स्पेस डटकमले उल्लेख गरेको छ।

स्पेसएक्सका अनुसार यो बुस्टरको १२औं प्रक्षेपण र अवतरण थियो, जसमध्ये आधा मिशनहरू स्टारलिंकका लागि थिए। स्पेसएक्सले २०२४ मा अहिलेसम्म ८० भन्दा बढी स्टारलिंक मिशनहरू सफलतापूर्वक पूरा गरिसकेको छ।

स्याटेलाइट ट्र्याकर र खगोलभौतिक विज्ञ जोनाथन म्याकडोवेलका अनुसार, अहिले पृथ्वीको नजिकको कक्षमा ६,७९९ सञ्चालनमा रहेका स्टारलिंक उपग्रहहरू छन्, जसमध्ये लगभग ३३० उपग्रहहरूले सीधा मोबाइल सेवा प्रदान गर्न सक्छन्।

Sajilo Visa
easy care