इलन मस्कको स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन नष्ट गर्न पायो ठेक्का

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

स्पेसएक्सले नासाको (इन्टरनेस्नल स्पेस स्टेशन–आईएसएस) अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भत्काउने ठेक्का हात पारेको छ। साथै उक्त कार्य पहिले सोचेको भन्दा चाँडो हुने अपेक्षा गरिएको छ।

सन् १९९८ मा नासा, रोसकोसमोस रोस्कोस्मस (रूस), ईएसए (युरोप), जेएएक्सए (जापान) र सीएसए (क्यानाडा) सँग सहकार्यमा आईएसएसको निर्माण गरिएको टेलिग्राफले रिपोर्टमा उल्लेख गरेको छ।

त्यसबेलादेखि पृथ्वीभन्दा ३०० किलोमिटर माथि रहेको यस स्टेशनले वैज्ञानिकहरूलाई अन्य कतैबाट गर्न नसकिने प्रयोगहरू सञ्चालन गर्न सक्षम बनाएको उल्लेख गरिएको छ।

अमेरिकी अन्तरिक्ष एजेन्सीले आईएसएसलाई अन्तरिक्षमा अनुसन्धान गर्न मद्दत गर्ने ठूलो उपलब्धिको रूपमा वर्णन गरेको छ।

यद्यपि यो स्टेशन सधैंभरि टिक्ने तवरले निर्माण नगरिएको हुनाले यसको “जिवन” सन् २०३० मा समाप्त हुने अपेक्षा गरिएको छ। यो काम सुरु भएको १८ महिना पछि नासाले अन्ततिर आईएसएसलाई बिस्तारै पृथ्वीतर्फ आउन दिने थप उल्लेख गरिएको छ।

अन्तरिक्ष यानले त्यसपछि आईएसएससँग डक गर्दै आफ्नो थ्रस्टर्स प्रयोग गरी अन्तरिक्ष स्टेशनलाई पृथ्वीतर्फ लैजाने उल्लेख गरिएको छ। यो काम पूरा गर्नको लागि इलन मस्कको स्पेसएक्सले ८४ करोड ३० लाख अमेरिकी डलर बराबरको अनुबन्ध सुरक्षित गरेको छ।

नियमित ड्र्यागन स्पेसक्राफ्टको भन्दा चार गुणा बढि शक्ति भएको स्पेसएक्सको ड्र्यागन स्पेसक्राफ्टको परिमार्जित संस्करणलाई यो काम पूरा गर्नको लागि अनुबन्ध गरिएको छ।

त्यसैगरी फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सन् २०२८ को जुलाई २५ तारिखमा फाल्कन हेभी रकेट प्रक्षेपण हुने अपेक्षा गरिएको टेलीग्राफीले उल्लेख गरेको छ।

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया