वालेटमा रकम राख्ने व्यवस्था संशोधन, दैनिक २५ हजार र प्रतिमहिना एक लाख रुपैयाँसम्म राख्न सकिने

Technology Khabar २० मंसिर २०८१, बिहीबार

काठमाडौं ।

भुक्तानी सेवाप्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले सम्बन्धित भुक्तानी सेवाप्रदायकबाट नियुक्त आधिकारिक प्रतिनिधिमार्फत प्रतिदिन अधिकतम २५ हजार र प्रतिमहिना अधिकतम एक लाख रुपैयाँसम्म नगद जम्मा गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र राष्ट्र बैङ्कले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०५० मा संशोधन गर्दै ग्राहकले माग गरेको अवस्थामा आधिकारिक प्रतिनिधिमार्फत प्रतिमहिना २५ हजारभन्दा बढी नहुने गरी प्रतिदिन पाँच हजारसम्म नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।

यसप्रकारको कारोबार बैक तथा वित्तीय संस्थाको एटिएममार्फत समेत गर्न सकिने निर्देशनमा उल्लेख छ। सम्बन्धित सेवाप्रदायकले ग्राहकसँग प्रतिकारोबार अधिकतम २५ रुपियाँसम्म शुल्क लिन पाउने भएका छन्।

आधिकारिक प्रतिनिधिमार्फत वालेटमा रकम लोड गर्न र झिक्न पाँच हजारसम्म पाँच रुपैयाँ पाँच हजार एकदेखि १५ हजारसम्म १५ रुपियाँ तथा १५ हजार एक देखि २५ हजारसम्म २५ रुपियाँ शुल्क लिन पाउने निर्देशनमा उल्लेख छ।

वालेटबाट बैकमा रकमान्तर गर्दा १० रुपियाँ शुल्क लाग्ने संशोधित निर्देशनमा विद्युतीय वालेटमार्फत कारोबार गर्दा उल्लेख छ।

आजको गोरखापत्रबाट

प्रकाशित: २० मंसिर २०८१, बिहीबार

तपाइको प्रतिक्रिया