
काठमाडौं ।
नेपाल टेलिकमले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको पातारासी गाउँपालिकामा मोबाइल सेवा बिस्तार गरेको छ। पातारासी गाउँपालिका वडा नं. २ मा नयाँ साइट निर्माण गरी २०८१ मङ्सिर १६ गते देखि टूजी/फोरजी मोबाइल सेवा सञ्चालन गरिएको हो।
जिल्लाको अति विकट पातारासी गाउँपालिकामा टेलिकमले मोबाइल सेवा सञ्चालन गरेसँगै उक्त गाउँपालिकाका वडा नं. १, २ र ३ अन्तर्गतका गडीगाउँ, तल्फीगाउँ, माताचौर गाउँ, छुमचौर गाउँ लगायत स्थानमा बसोबास गर्ने बासिन्दाहरु पहिलो पटक दूरसञ्चार सेवाबाट लाभान्वित भएका कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए।
दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीले उक्त स्थानका ग्राहकहरुको मागलाई लक्षित गरी भ्वाइस तथा डाटा सेवाको विस्तार गरेको छ।
यससँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस क्षेत्रका पर्यटन लगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने जनाएको छ।
प्रकाशित: १८ मंसिर २०८१, मंगलवार