रेडमी के८०ः स्टनिङ्ग २के एएमओएलईडी डिस्प्ले र स्न्यापड्रागन ८ जेन ३ पावरहाउस

Technology Khabar १६ मंसिर २०८१, आईतवार

काठमाडौं ।

नयाँ स्मार्टफोन रेडमी के८० टप–नच पर्फमेन्स (उत्कृष्ट प्रदर्शन), स्टनिङ्ग भिजुअल्स र असाधारण ब्याट्री लाईफ प्रदान गर्न डिजाइन गरिएको उल्लेख गरिएको छ।

उन्नत प्रविधिले भरिएको यो नयाँ डिभाइस पर्फमेन्स, फोटोग्राफी र मनोरञ्जनमा उत्कृष्टताको माग गर्ने प्रयोगकर्ताहरूको लागि उपयुक्त हुने बताइएको छ। साथै रेडमी के८० गिजटपमा ४२९ अमेरिकी डलरमा किन्नको लागि उपलब्ध भएको उल्लेख छ।

शानदार २के एएमओएलईडी डिस्प्लेः
रेडमी के८० मा स्टनिङ्ग (शानदार) ६.६७–इन्चको एएमओएलईडी २के डिस्प्लेको समावेश गरिएको छ जसले भिजुअलहरूलाई अर्को स्तरमा लैजाने उल्लेख गरिएको छ।

१२०हर्ज रिफ्रेस रेट, ३२०० निट्सको पिक ब्राइटनेस, डल्बी भिजन, एचडीआर१०+ र ६८.७ बिलियन कलर्स (रङ्गहरू) को समर्थनको साथ स्क्रिनले इमर्सिभ भिविङ्ग एक्सपिरियन्स सुनिश्चित गर्ने उल्लेख छ। शाओमीको किंगशान आइ प्रोटेक्शन २.० ले लामो समयसम्म प्रयोग गर्दा आँखाको तनाव कम गरेर आराम थप्न मद्दत गर्ने बताइएको छ।

शक्तिशाली स्न्यापड्रागन प्रोसेसरः
हुड अन्तर्गत, रेडमी के८० मा क्वालकम स्न्यापड्रागन ८ जेन ३ चिपसेट समावेश गरिएको छ जसले लाइटनिङ–फास्ट पर्फमेन्स गर्ने दावी गरिएको छ। यो डिभाइस १६जीबी सम्मको एलपीडीडीआर५एक्स र्याम र २५६जीबी देखि यूएफएस ४.० को प्रभावशाली १टीबी सम्मको स्टोरेज अप्सन (भण्डारण विकल्पहरू)का साथ आउने बताइएको छ जसले मल्टिटास्किङ, गेमिङ र ठूला फाइलहरूलाई सिमलेस स्टोर (भण्डारण) गर्ने उल्लेख गरिएको छ।

उन्नत क्यामरा प्रणालीः
फोटोग्राफी उत्साहीहरूले रेडमी के८० को डुअल रियर क्यामराहरूको प्रशंसा गर्नेछन् भनि उल्लेख गरिएको छ। ५० मेगापिक्सेलको प्राथमिक सेन्सरमा एफ÷१.६ एपर्चर, ओआईएस (अप्टिकल इमेज स्टेबिलाइजेसन) र क्लियर (स्पष्ट) र जीवन्त तस्बिरहरूका लागि लाइट फ्युजन ८०० प्रविधि फिचर गरिएको उल्लेख छ।

त्यसैगरी क्यामरामा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल रहेको बताइएको छ। सेल्फीहरूको लागि, अगाडिको भागमा २० मेगापिक्सेलको क्यामेराल समावेश गरिएको उल्लेख छ।

फास्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ब्याट्रीः
रेडमी के८० मा ठूलो ६५५०एमएएच ब्याट्री प्याक गरिएको छ। साथै यसले ९० वाटको फास्ट चार्जिङ समर्थन गर्ने बताइएको छ।

परिष्कृत कूलिङ्ग र कनेक्टिभिटीः
गेमरहरू र पावर प्रयोगकर्ताहरूका लागि, डुअल–लूप थ्रीडी कूलिङ सिस्टमले गहन कार्यहरूमा तातो व्यवस्थापन गर्ने बताइएको छ। फोनले डुअल–ब्यान्ड वाईफाई, ब्लुटुथ ५.३, एनएफसी, र जीएनएसएस लाई समर्थन गर्ने उल्लेख गरिएको छ। साथै यो विश्वव्यापी फाइभजी र फोरजी ब्यान्डहरूसँग पनि उपयुक्त हुने बताइएको छ।

शाओमी हाइपर ओएसः
रेडमी के८० नवीनतम शाओमी हाइपर ओएसमा चल्ने बताइएको छ जुन सहज र प्रभावकारी कार्यसम्पादनको लागि डिजाइन गरिएको उल्लेख छ। साथै यसले धेरै भाषाहरूलाई समर्थन गर्नुका साथै प्रोडक्टिभिटी (उत्पादकता) र मनोरन्जनको लागि प्रयोगकर्ता–अनुकूल इन्टरफेस प्रदान गर्ने बताइएको छ।

मुख्य स्पेक्सहरूः
डिस्प्लेः ६.६७–इन्च २के एएमओएलईडी, १२०हर्ज रिफ्रेस दर
प्रोसेसरः क्वालकम स्न्यापड्रागन ८ जेन ३
र्याम र स्टोरेजः १२जीबी/१६जीबी एलपीडीडीआर५एक्स; २५६जीबी/५१२जीबी/१टीबी यूएफएस ४.०
रियर क्यामराहरूः ५० मेगापिक्सेलको (ओआईएस) + ८ मेगापिक्सेलको अल्ट्रा–वाइड
फ्रन्ट क्यामराः २० मेगापिक्सेल
ब्याट्रीः ९० वाटको फास्ट चार्जिङको साथ ६५५० एमएएचको ब्याट्री
अपरेटिङ सिस्टमः शाओमी हाइपर ओएस
कनेक्टिभिटीः डुअल–ब्यान्ड वाइफाइ, ब्लुटुथ ५.३, एनएफसी, ग्लोबल फाइभजी

रेडमी के८० एक प्रिमियम स्मार्टफोनले पर्फमेन्स, स्टायल र भर्सट्यालिटिको संयोजन गरेको बताइएको छ जसले यसलाई प्राविधिक उत्साहीहरू र दैनिक प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प बनाएको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ मंसिर २०८१, आईतवार

तपाइको प्रतिक्रिया