
काठमाडौं ।
जिल्ला समन्वय समिति काठमाडौंले सूचना प्रणालीलाई प्रभावकारी बनाउने भएको छ। काठमाडौं जिल्लाभित्र भएका स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयका सूचना सहज र प्रभावकारी बनाउने गरी जिल्ला समन्वय समितिलाई सूचना केन्द्रकै रूपमा विकास गर्न लागिएको हो।
प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धलाई सुदृढ गर्न स्थानीय तहमा सञ्चालित विकास कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन जिसस काठमाडौंले सूचना केन्द्रका रूपमा विकास गर्न लागेको हो।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले जिल्लाभित्र भएका स्थानीय तहका सूचनालाई एकद्वार प्रणालीबाट सार्वजनिक गर्नेगरी सूचना प्रणालीलाई प्रभावकारी बनाउन लागिएको बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ९ मंसिर २०८१, आईतवार