ताजा समाचार

क्रिप्टोकरेन्सी बिटक्वाइनले नयाँ कीर्तिमान मूल्य बनायो, वृद्धि जारी रहँदा १ लाख डलर तर्फ लम्किँदै

क्रिप्टोकरेन्सी बिटक्वाइनले नयाँ कीर्तिमान मूल्य बनायो, वृद्धि जारी रहँदा १ लाख डलर तर्फ लम्किँदै
Global IME Bank

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको नेतृत्वमा क्रिप्टोकरेन्सीहरूका लागि मित्रवत अमेरिकी नियामक दृष्टिकोण लिईने अपेक्षाले बिटक्वाइन १ लाख डलर मूल्य तर्फ अगाडि बढेको छ।

फ्ल्यागशिप क्रिप्टोकरेन्सी बिटक्वाइनले बिहीबार पहिलो पटक ९८ हजार डलरको मूल्य स्तर तोडेको छ। यो दिनभरमा लगभग ४ प्रतिशत माथि उचालिएको रोयटर्सले रिपोर्ट गरेको छ।

क्रिप्टोकरेन्सीको बजार मूल्य हेर्ने क्वाइन मेट्रिक्सका अनुसार यो झरेर ९७ हजार ९३० डलरमा थियो। त्यसअघि, यो ९८ हजार ३६७ डलरको रूपमा उच्चमा पुगेको थियो।

क्रिप्टोकरेन्सीको मूल्य यस वर्ष दोब्बर भन्दा बढि भएको छ र ट्रम्पलाई अर्को अमेरिकी राष्ट्रपतिको रूपमा मतदान गरेपछि र कांग्रेसमा प्रो-क्रिप्टो सांसदहरू निर्वाचित भएदेखि दुई हप्तामा लगभग ४० प्रतिशतले बढेको छ।

यसैगरी, क्रिप्टो एक्सचेन्ज क्वाइनबेस प्रिमार्केट ट्रेडिंगमा ३ प्रतिशतले बढ्यो जबकि माइक्रोस्ट्र्याटेजी, जसले बिटक्वाइन प्रोक्सीको रूपमा ट्रेड गर्दछ,  ११ प्रतिशतले बढ्यो। मारा होल्डिङ्स ९ प्रतिशत माथिको साथमा माइनिङ्ग स्टक पनि बढेको सीएनबीसीले उल्लेख गरेको छ।

Sajilo Visa
easy care