Technology Khabar २ मंसिर २०८१, आईतवार
काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित शिक्षालयको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको काम राष्ट्रिय परीक्षा बोर्डबाट गर्ने तयारी भएको छ।
बोर्डबाटै परीक्षा सञ्चालनको तरिकाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यदल गठन गरेर अध्ययन गरिरहेको छ।
पूर्वशिक्षा सचिव शङ्कर पाण्डेको संयोजकत्वमा गठन गरिएको छ सदस्यीय समितिले काम सुरु गरिसकेको छ।
समितिको सदस्यहरूमा शिक्षा मन्त्रालयकै पूर्वसहसचिवहरू डा. लेखनाथ पौड्याल, डा. भोजराज काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्याल तथा सिटिइभिटीका परीक्षा नियन्त्रक उमेशकुमार मिश्र सदस्य रहेका छन्। गोरखापत्रबाट
प्रकाशित: २ मंसिर २०८१, आईतवार